२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेकपाका दर्जन नेता चीनतिर

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन नेता चीनतिर लागेका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच कार्यकर्ता तहमा अध्ययन भ्रमण वृद्धि गर्ने समझदारी भएलगत्तै नेताहरु चीन गएका हुन्।

कम्युनिस्ट कि कम निष्ठ ?

अन्य कामरेडहरूबीच पनि त्यस खालको ‘अफेयर’ छ भने सार्वजनिक गरी टुंग्याउनुप¥यो। नत्र महरा–रोशनी काण्ड पुनरावृत्त नहोला भन्न सकिँदैन।

गरिबको चमेली बोल्दिने कोही छैन

उपप्रधानमन्त्री यादवले अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेका प्रगतिको नालीबेली सविस्तार सुनाइरहँदा रौतहटका साहको मृत्युले स्वास्थ्य सेवाको दयनीय स्थिति तथा नेपालले संविधानमा गरेको व्यवस्था कार्यन्वयन कति कमजोर छ भन्ने पनि छर्लंग पारेको छ।

कम्युनिस्ट कहिले कम्युनिस्ट हुन्छ?

पद र प्रतिष्ठाका लागि लाग्थे राजनीतिमा कांग्रेस र निरंकुशतावादीहरू। त्यही रोग अहिले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा व्यापकरूपमा लाग्न थालेको छ।

प्रशिक्षण प्रेरणा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ दिनसम्म ‘चिनियाँ समाजवाद प्रेरणा’ लिन व्यस्त रह्यो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका चुनिएका नेता तथा कार्यकर्ता सोमबार र मंगलबार चिनियाँ राजनीतिक नेतृत्व वर्गको प्रशिक्षिण लिएको देखेर मुलुक थप तरंगित भएको छ। कम्युनिस्ट पार्टीभित्र एउटा महत्वपूर्ण विभाग हुन्छ– पार्टी स्कुल विभाग। त्यसको काम आफ्ना कार्यकर्तालाई विचारले ‘लैस’ गराउँदै अघि बढाउने हुन्छ।

चिनियाँ मोडलको दीक्षा : जनतालाई धोका

नेपालमा नवसमाजवादको परिकल्पना सुरु भएको छ। नेपालका कम्युनिस्ट विश्लेषक र कम्युनिस्ट बुद्धिजीवीहरूका अनेक पूर्ववत्र्ती धारणामा परिवर्तन आएको हो कि विचलनका अस्थीर आयामहरूको समुद्रमा पौडी खेल्दै अगाडि बढ्दा र भौतारिँदै जाँदा जस्तो नमुना मिल्छ त्यसैमा विचार अड्याउने उनीहरूको प्रयास हो, अहिले नै प्रस्ट भएको छैन।छिमेकी मित्र राष्ट्र चीनका शक्तिशाली राष्ट्रपतिले चीनको विकासमा अख्तियार गरेको आर्थिक राजनीतिक मोडलका पक्षमा नेपालका कम्युनिस्टहरूमाझ बहस आरम्भ भएको छ। यस बहसलाई समर्थन गर्नका लागि चीनबाट राष्ट्रपति सिका विचार विवेचकहरू, विज्ञहरूसमेत नेपालमा आएर कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई दिग्दर्शन गराउन लागेका छन्।

नेकपा र सीपीसीबीच ६ बुँदे समझदारी

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)बीच छ बुँदे सहयोग आदानप्रदान समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन् । प्रशिक्षण मंगलबार पनि चल्नेछ । नेपपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।

कम्युनिस्टहरु जनताको जीवनस्तर सुधारमा लाग्नुपर्छः चिनियाँ नेता (फाेटाे फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका सिलसिलामा काठमाडौं आएका ताओले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग शिष्टाचार भेट गरेका हुन्।

प्रचण्डको प्रश्नः ‘के हामी साँच्चै कम्युनिस्ट नै छौं त अहिले?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरु विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदानप्रदान सम्झौता हुँदै

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भ्रातृत्व सम्झौता हुने भएको छ। दुई कम्युनिस्ट पार्टीको स्कुल विभागले सोमबारबाट संयुक्त रूपमा आयोजना गर्न लागेको दुई दिने विचार गोष्ठीको अन्तिम दिन भाइचारा सम्बन्ध निरन्तरता दिन भ्रातृत्व सम्बन्ध सम्झौता हुने भएको हो। चिनियाँ राष्ट्रपतिको सी चिनफिङको भ्रमण पूर्वसन्ध्यामा हुन लागेको विचार गोष्ठीमा दुई देशका कम्युनिस्ट पार्टीको नीति सिद्धान्त, विचार र कार्यक्रमबारे छलफल हुने क्रममा दुईपार्टी बीच भ्रातृत्व सम्बन्ध कायम गर्नेगरी सम्झौता हुन लागेको हो।

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् ।

चीन महाशक्ति राष्ट्रको रूपमा उदाउँदै

नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले चीन अबको केही वर्षमा विश्वको महाशक्ति राष्ट्रको रूपमा उदाउने बताएका छन्। काठमाडौंमा शनिबार ‘सी जिनपिङ विचारधारा र बिआरआई : के विश्व व्यवस्था बदलिँदैछ ?,’ भन्ने बहसमा उनीहरूसो कुरा बताएका हुन्।

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्