२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा र सीपीसीबीच ६ बुँदे समझदारी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)बीच छ बुँदे सहयोग आदानप्रदान समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन। त्यसक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थित रहेका थिए।

दुई पार्टीबीच गरिएको ६ बुँदे समझदारीमा दुई पार्टीबीचको राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भइरहेको कम्युनिस्ट पार्टीको राजनीतिक तथा सैद्धान्तिक बहसलाई दुवै पार्टीले तीव्रता दिनेलगायतका विषयलाई मुख्य जोड दिइएको नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए।

उनका अनुसार दुई पार्टीबीच पहिलो पटक आपसी हितका विषयमा छलफल गर्न औंपचारिक तहमै समझदारी गरिएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच चिनियाँ कम्युनिस्ट पार्टीसँग छुट्टाछुट्टै सम्बन्ध भए पनि दुई पार्टीबीच एकीकरण भई बनेको नेकपासँग भने पहिलो पटक सम्झदारी गरिएको उपप्रमुख रिजालले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको सी विचारधारा’सम्बन्धी विचारधाराबारे दुई दिनसम्म विचार गोष्ठी भएको थियो।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको भ्रमण अघि भएको दुई पार्टीबीचको विचारधारात्मक छलफल भएको हो। दुई पार्टीबीच भएको सो सम्झौतामा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि, पार्टीपार्टी अनुभव आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध बुद्धिजीवी, नागरिक संस्था, मिडिया अभिवृद्धि र विचार सिद्धान्तमा आधारित बार्षिक कार्यक्रम सञ्चालन गर्ने विषय उल्लेख छ।

प्रकाशित: ८ आश्विन २०७६ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App