२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जुवा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका १ रानिवनस्थित काली लामाको घरमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८वर्षीय लाल ध्वज लामा समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: २१ आश्विन २०८१ १५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App