३ पुस २०८१ बुधबार
image/svg+xml

कुखुराको मासुको मूल्य घट्यो

तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो।

धरानमा कुखुराको मासुको खुद्रामुल्य ३२० कायम

स्थानीय सरकार, कुखुरा पालक कृषक र मासु व्यवसायीहरू मिलेर धरानमा जिउदो बोइलर कुखुरा र मासुको मुल्य निर्धारण गरेका छन् ।लकडाउनको बेला मासुको मुल्यमा अत्यधिक उचारचढाव भएको र महंगी बढेको गुनासो आउन थालेपछि साेमबार सरोकारवालाहरूबीच बैठक बसेर मासुको मुल्य निर्धारण गरेका हुन् ।

हट्यो अण्डा काठमाडौँ पठाउनुपर्ने बाध्यता

स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन्। यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो। उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए।

उपत्यकामा ब्रोइलर कुखुराको अभाव

लकडाउनका कारण उत्पादन घटेसँगै उपत्यकामा ब्रोइलर कुखुरा मासुको अभाव देखिन थालेको छ। लकडाउनसँगै मासुको खपत कम हुँदा अधिकांशले आफ्ना फार्म बन्द गरेका थिए।

फौजी किरा बटुलेर कुखुरालाई चारो

मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि अधिकांश किसानले विषादि उपयोग गर्छन् / गरिरहेका छन् । तर, खोटाङका कतिपय किसानले भने मकैको बिरुवामा महामारीकारुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका किसानले दैनिकजसो मकैको बिरुवामा पाइने फौजी किरा टिपेर नियन्त्रणको प्रयास गरिरहेका छन् ।

ब्रोइलर कुखुराको भाउ ओरालो लाग्यो

चैतको पहिलो सातामै ब्रोइलर कुखुराको भाउ दुईपटक घटेको छ। चैत २ गते प्रतिकिलो २० रुपैयाँ भाउ घटेर दुई सय १० कायम रहेको भाउ तीन दिन पनि टिक्न सकेन।

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ बढीको क्षति भएको छ।

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी, किसानले लागत मूल्य समेत पाएनन्

नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ। अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन्। उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन्।

पोखरामा कुखुरा मासु किलोको चार सय ६० रुपैयाँ

पोखरामा कुखुरा मासुको मूल्य प्रतिकिलो चार सय ६० रुपैयाँ पुगेको छ। व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य सहरको तुलनामा पोखरामा महँगोमा बेच्ने गर्छन्।

घटेन माउ कुखुराको आयात

नेपालमै ब्रोइलरको माउ कखुरा (प्यारेन्ट स्टक) उत्पादन गर्ने दुई वटा ग्रान्ड प्यारेन्ट (जिपी) फार्म सञ्चालनमा रहे पनि विदेशबाटै प्यारेन्ट स्टक आयात गर्ने क्रम घटेको छैन। यतिखेर मुलुकमै कब भान्ट्रेस इन्क अमेरिकाको प्रत्यक्ष निगरानीमा कब–५०० जातको प्यारेन्ट स्टक उत्पादन भइरहेको छ।

विचौलियाको मारमा कुखुरापालक किसान

कुखुराले मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन्। ठूलो लगानीमा व्यवसायमा चलाएका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन्।

'कुखुराको बजार मुल्य राम्रो छैन्, व्यवसाय बन्द गर्नुपर्ने भयो'

कुखुरा पालक किसानहरुले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मुल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन्।

ब्रोइलरको मासुमा विष !

नेपाली बजारमामा कुखुराको मासु निकै लोकप्रिय बनेको देखिन्छ। होटेल तथा रेस्टुरेन्टहरूमा कुखुराको मासु छ भनी सोध्दा छ भन्ने उत्तर आयो भने ब्रोइलर कुखुराको मासु रहेछ भन्ने बुझ्दा हुन्छ। हाम्रा रैथाने कुखुराकै मासु खाने भए त ‘लोकल’ कुखुरा छ भनी सोध्नुपर्ने चलन चलेको बाजेको पालादेखि हो कि जस्तो लाग्छ।

३ करोड लगानीमा माछापालन

कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले तीन करोड रुपैयाँको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो।

ब्रोइलर चल्ला र कुखुराको भाउ घट्यो

सोमबारदेखि नै लागू हुने गरी ब्रोइलर कुखुराको मूल्यमा प्रतिकिलो १० रूपैयाँ घटेको छ। भदौ मसान्तसम्म जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलोको २ सय ४० रूपैयाँ कायम रहँदै आएको थियो। असोज पहिलो दिनबाटै १० रूपैयाँका दरले घट्न थालेको भाउ एक महिनामै चार पटक घटिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्