२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धरानमा कुखुराको मासुको खुद्रामुल्य ३२० कायम

कुखुरापालक कृषक, डिलर, व्यवसायीसहित उपमहानगरको बैठक । तस्बिर : नागरिक

स्थानीय सरकार, कुखुरा पालक कृषक र मासु व्यवसायीहरू मिलेर धरानमा जिउदो बोइलर कुखुरा र मासुको मुल्य निर्धारण गरेका छन् ।

लकडाउनको बेला मासुको मुल्यमा अत्यधिक उचारचढाव भएको र महंगी बढेको गुनासो आउन थालेपछि साेमबार सरोकारवालाहरूबीच बैठक बसेर मासुको मुल्य निर्धारण गरेका हुन् । धरान ८ स्थित सभागृहमा अनुगमन समिति संयोजक एवं उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा छलफल भएको थियो । छलफलमा कुखुरा उत्पादक कृषक, डिलर र मासु व्यवसायी, नगर प्रहरी, पशु शाखासहित सहभागी थिए । बैठकमा मेयर तिलक राईको पनि बिशेष उपस्थिति रहेको थियो ।  

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार बैठकले जिउदो कुखुराको मुल्य प्रतिकिलो २२० रुपैया निर्धारण गरेको छ । यस्तै, उपभोक्ताहरूको लागि मासुको खुद्रा मुल्य ३२० रुपैया कायम गरिएको छ । ‘यसले अहिलेको अवस्थामा उपभोक्ताहरूलाई थोरै भएपनि राहत मिल्छ, र मासुको मुल्यमा एकरुपता आउछ,’अधिकृत सापकोटाले भने ।

धरानमा डिलरबाट खुद्रा व्यवसायीहरूले जिउदो कुखुरा ३५० रुपैया प्रतिकिलोसम्म खरीद गरिरहेका थिए  । मासु व्यवसायीहरूले पनि उपभोक्ताहरूलाई ३५० देखि ३८० रुपैयासम्म प्रतिकिलोमा मासु बिक्री गरिरहेका थिए । मासुको मुल्यमा एकरुपता हुन सकिरहेको थिएन । बैठकले गरेको निर्णय अर्को निर्णय नभएसम्मको लागि हो । मासुको मुल्य निर्धारण गर्नको लागि बैठकले पशु शाखा अधिकृत महेन्द्र पैकाराको संयोजकत्वमा ९ सदस्यीय समिति पनि गठन गरेको छ ।  

समितिको सदस्यमा  राजश्व अधिकृत खगेन्द्र खतिवडा, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा पनि छन् । यस्तै, कृषककोतर्फबाट २ जना, डिलरकोतर्फबाट २ जना र मासु व्यवसायीकोतर्फबाट २ जना सदस्य राखिएको छ । मुल्य निर्धारणको निर्णयलाई मासु व्यवसायीहरूले पनि स्वागत गरेका छन् । मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङ कृषक, डिलर र व्यवसायीहरूकै सहमतिमा मुल्य निर्धारण भएकोले समस्या नहुने बताउँछन् । ‘हामी सबैको सहमतिमा भएको निर्णय हो, यसले सबैलाई नै फाइदा पुगेको छ,’उनले भने ।

सोही बैठकले धरानमा बाहिरबाट कुखुरा ल्याउदा गाडीका चालक वा गाडीका कर्मचारीको पिसिआर परिक्षण बढीमा ७ दिनभित्रको भएको हुनुपर्ने पनि निर्णय गरेको छ । यस्तै, कुखुरा उत्पादन भएको ठाउँको विल हुनुपर्ने, पशु स्वास्थ्य क्वारेन्टिनमा जाँच भएको हुनुपर्ने पनि निर्णय भएको अनुगमन अधिकृत सापकोटाले जानकारी दिए ।

प्रकाशित: १५ भाद्र २०७७ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App