६ आश्विन २०८१ आइतबार
image/svg+xml

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धान केन्द्रका लागि १० करोड विनियोजन

‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन।’

मुलुकमा आर्थिक संकटका बेला ८४ करोडको हतियार किन्दै सरकार

सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो।

‘इतिहास ढल्दैछ सरकार मौन छ, भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने'

२०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं लगातर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन्।

सार्वजनिक जग्गा टेण्डर नै नगरी ज्वाईंलाई ठेक्का

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी इमान्दार व्यक्तिका रुपमा परिचित थिए। पोखरा महानगरको पहिलो मेयर बन्दा जिसीप्रति आम पोखरेलीको भरोसा थियो जिसीले पोखरा नबनाएपनि कम्तिमा बिगार्न चाहिं बिगार्दैनन् भन्ने धेरै पोखरेलीले भन्थे।’ स्वयं जिसी पनि बारम्बार भन्ने गर्थे, ‘सके पोखरा बनाउँछु, नसके कम्तिमा पोखरा बिगार्दिन।’ तर, आम पोखरेलीको विश्वास र आफैंले गरेको प्रतिबद्धता विपरित उनले सार्वजनिक जग्गा बिना टेण्डर ठेक्का दिएको खुलाशा भएको छ।

सरकारी लक्ष्यको ६६ प्रतिशत पुल बने

सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।

मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेट: कर्णालीका द्वन्द्वपीडित बारे चासो

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन्।

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्।

मधेस प्रदेशमा पुनः ‘छोरी शिक्षा बीमा’ सुरु

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो।

लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ।

जन्मदर्ता सहज गर्न माग

जन्म दर्तासम्बन्धी देखिएका समस्यालाई तत्काल राज्यले समाधानमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत भएको बजेट बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो।

प्रविधिमैत्री बन्दै किसान

राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरका किसानमा पाँच वर्षअघि कुनै उत्साह थिएन। पुरानै प्रविधि, मिहिनत बढी तर उत्पादन कम। यस्तो अवस्थामा नयाँ पुस्ताका युवामा कृषि पेसाप्रति आकर्षण थिएन। निर्वाहमुखी कृषि मात्रै चलिरहेको थियो।

जोखिमबाट बच्न सुदूरपश्चिममा पूर्वतयारी

सुदूरपश्चिममा गत वर्षभन्दा ढिलो मनसुन प्रवेश गरेको सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोको जोखिम बढी रहेको आकलन गरिएको छ।

सरकारका मन्त्रीले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएः मोतीलाल दुगड

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका छन्।

ओली नेतृत्व सरकारले काम नगरी समृद्धिको खोक्रो नारा मात्रै लगायोः नेता खनाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्