१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अझै खुलेनन् बाढी र पहिरोले अवरुद्ध १२ सडक

वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्याएको छ। मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ। सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध रहेको छ।

हिलाम्मे सडकले यात्रुलाई सकस

दाङको घोराहिदेखि रुकुम जोड्ने २ सय २० किलोमिटर सडक मध्य १ सय ४० किलोमिटर सडकमा मुस्किलले सवारी साधन चल्ने गरेकोमा अहिले त्यो पनि असम्भव जस्तै बनेको छ।

नगरकोटमा बसपार्क शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चाँगुनारायण नगरपालिकाको साझेदारीमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत नगरकोट भट्टेडाँडा बसपार्क शनिबार शिलान्यास गरिएको हो।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

पहिरोले नौबिसे नागढुंगा सडकखण्ड अवरुद्व

पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। अहिले राजमार्ग दुईतर्फी नै बन्द छ।

हिलाम्मे सडकका कारण एम्बुलेन्स सेवा प्रभावित

हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो।

भ्रष्टाचारले थलिँदै स्थानीय तह

गाउँपालिकाहरूमा अनियमितता गर्ने र ढाकछोप गर्नेको जालो छ। सेटिङमा अटाउने कर्मचारीलाई कानुनी प्रावधान मिचेर जिम्मेवारीमाथि जिम्मेवारी थपिएको छ। नियम र कानुनी प्रावधानको धज्जी उडाउँदै भएका र भइरहेका अनियमितताको इमानदार छानबिन हुनुपर्ने उपभोक्ता बताउँछन्।

धरानको बजार क्षेत्रमा १०० फिट खाली गराउन सडक योजनाको पत्राचार

सडक योजनाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्रको क्षेत्रमा सोही मापदण्डमा सडक निर्माण एवं विस्तार भएकोले धरानमा पनि बजार क्षेत्रमा ३० मिटर सडक विस्तार गर्ने जनाएको छ।

गोरखामा मध्यपहाडीको काम सुस्त

खहरे–मसाने ठाँटीको १२.५ किलोमिटरको २१ र मसाने ठाँटी–ठाँटीपोखरी सडकको १२ प्रतिशत प्रगति भएको छ। यो दुवै २०७६/७७ बाट सुरु भएको योजना हो।

६ लेन सडकमा अव्यवहारिक जेब्रा क्रसिङ

पैदल यात्रुले सडक पार गर्न जेब्रा क्रसिङ भएर पारिपट्टिको सडक किनारमा पुग्दा फलामका रेलिङ (बार) नाघ्नु पर्ने बाध्यता रहेको छ।

मनाङको सडकः ट्रयाक खोल्ने ठाउँ पनि छैन (फोटो सहित)

लम्जुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो । यो सडक पूर्ण रुपमा अवरुद्ध भएको झन्डै अढाई महिना भईसकेको छ । तत्कालै सडक सुचारु हुने अवस्था पनि छैन । असार पहिलो साताको भीषण बाढीपहिरोले यो सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत पारेको थियो ।

नाम मात्रका पहाडी सडक

वर्षाले कच्ची सडकहरु भत्कने, पुर्ने, पहिरो जाने र हिलोले खाल्डाखुल्डी पर्दा गाडी चलाउन समस्या परेको यातायात व्यवसायीहरु बताउँछन्। व्इवसायीहरुका अनुसार पहाडी भेगका प्राय सबै कच्ची सडकहरुको हालत लगभग उस्तै छ।

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ।

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।

विपदमा पनि काम लागेन हुम्दे विमानस्थल

सडक सम्पर्कबाट अलग्गिएका मनाङवासीलाई अत्यावश्यक आउजाउमा हवाई यातायात विकल्प थियो। तर जिल्लाको विमानस्थल उपयोग गर्नेतर्फ कसैको ध्यान गएको छैन। हेलिकप्टर चार्टर गरेर दिनहुँ महँगोमा दैनिक उपभोग्य वस्तु ओसारपसार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्