२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगरकोटमा बसपार्क शिलान्यास

पर्यटकीय क्षेत्र नगरकोटमा बसपार्क शिलान्यास गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चाँगुनारायण नगरपालिकाको साझेदारीमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत नगरकोट भट्टेडाँडा बसपार्क शनिबार शिलान्यास गरिएको हो।

चाँगुनारायण नगरपालिका वडा नं. ६ भट्टेडाँडामा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्र र उप नगरप्रमुख विना बास्तोलाले बसपार्कको शिलान्यास गरेका हुन्। बसपार्कसँगै सो स्थानमा स्वागतद्वार र सोभिनियर पसलहरु समेत हुने चाँगुनारायण नगरपालिकाका नगरप्रमुख मिश्रले बताए।

नगरप्रमुख मिश्रका अनुसार सो बसपार्क निर्माणका लागि कूल ६ करोड ९९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने बसपार्क बनाउनका लागि ५ करोड ७ लाख ७२ हजारको सम्झौता भएको छ। सो योजना २०७९ साल मंसिरभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको मेयर मिश्रले जानकारी दिए।

सो क्रममा उनले चाँगुनारायण नगरपालिकाको विकासका लागि आफूहरु ४ नम्बर गियरमा लागिरहेको बताउँदै कोरोना महामारीले विकास निर्माणको गियर डाउन गर्न बाध्य भएको बताए।

उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलाई पनि पर्यटनजत्तिकै प्राथमिकतामा राखेको जानकारी दिँदै चुनावताका जनतालाई दिएका आश्वासन पूरा गर्ने दिशामा आफूहरु लागिरहेको बताए।

सो अवसरमा सोही वडाका वडाध्यक्ष सन्तबहादुर वाइवाले नगरकोटको विकासका लागि आफू कटिवद्द भई लागिरहेको बताउँदै चुनावताका जनतालाई दिएका वचन पूरा गरिरहेको जनाए।

प्रकाशित: ५ भाद्र २०७८ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App