११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त, काे-काे परे ?

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ।

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध : प्रभु साह

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्।

एमाले एकतामा ओली बाधक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।

माओवादी केन्द्रद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

नेता लीलामणि पोखरेलले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।

सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ।

एमालेले वैद्यको अभिव्यक्तिको निन्दा गर्दै भन्योः प्रधानमन्त्रीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएका छौँ

नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ।

फेरि मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप गरी फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन्।

एमाले मिलाउन दोस्रो तहका नेता सक्रियः सफलताको संकेत छैन

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन जारी गरेको वक्तव्यलाई माधवकुमार नेपाल समूहले अस्पष्ट र जालझेलपूर्ण भन्दै अस्वीकार गरेपछि दुवै पक्षका दोस्रो तहका नेताहरू फेरि विवाद मिलाउने भन्दै भेटघाट गरिरहेका छन्। तर, यो भेटघाटको कुनै अर्थ नरहेको र अनाहकमा अन्योल मात्र सिर्जना गर्ने महसुस वरिष्ठ नेताहरूले गरेका छन्।

पार्टी एकताबारे ओलीको प्रयत्नमाथि गौतमको शंका : त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न

पार्टी अध्यक्ष ओलीले पार्टी एकताको नाममा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको बताउँदै उनले सो प्रयासप्रति लिखित रुपमै शंका जनाएका हुन्।

एमालेले दियो अक्सिजन कन्सन्ट्रेटर र १ लाख मास्क

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख सरकारलाई हस्तान्तरण गरेको पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले बताए।

नेपाल र देउवासँग प्रचण्डको भेटघाट

सोमबार दिउँसो नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरेका उनले केही समयमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका छन् ।

मेरो कारण एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ षड्यन्त्रपूर्ण: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कारण नेकपाको एकता टुटेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा गरेका छन्।

ओलीले गरेको एकताको प्रस्ताव आव्हान अदालतलाई प्रभावित गर्ने उद्देश्यले मात्र आयोः रघुजी पन्त

'यो प्रस्ताव प्रतिनिधिसभा पुनर्स्थापनाका निम्ति हस्ताक्षर गरेर गएका एमालेका नेताहरूलाई फिर्ता गरेर अदालतमा विचाराधीन मुद्दा कमजोर बनाउने उद्देश्यले आएको छ,' ओलीले विज्ञप्ति जारी गरे लगत्तै पन्तले भने, 'अदालतमा गएको मुद्दामा सही गर्ने नेताहरू कोही पनि केटाकेटी होइनन्, उहाँहरू सबैले स्वेच्छाले हस्ताक्षर गर्नु भएको हो। त्यसैले त्यो मुद्दा फिर्ता लिनु हुन्छ भन्ने मलाई लाग्दैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्