coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले निष्कासन गरे पनि निर्वाचन आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोगको ध्यानाकर्षण गराएको हो।

नेता लीलामणि पोखरेलले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।  

नेकपा (माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरे पनि अहिलेसम्म आयोगले सूचना जारी नगरेपछि माओवादी केन्द्रका नेताहरु आयोग पुगेर ध्यानाकर्षण गरेका थिए।

प्रकाशित: ४ असार २०७८ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App