११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओलीको वक्तव्यपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।

ओली ससर्त पुरानो कमिटी ब्युँताउन तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेर पुरानो पार्टी कमिटी ब्युँताउन तयार रहेको बताएका छन्। आइतबार साँझ पार्टी अध्यक्षका तर्फबाट वक्तव्य जारी गर्दै ओलीले एमालेलाई २०७५ साल जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइने जनाएका छन्। तर त्यसका लािग विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री ओलीद्वारा पार्टी एकताको नाममा चालबाजीपूर्ण खेल : नेपाल समूह

‘जबसम्म पार्टी एकताको लागि हामीले लिखित रुपमा दिएको पत्रमा उल्लेखित कुराहरु विश्वसनीय रुपमा पूरा हुँदैन, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ।’

प्रम ओलीलाई स्पष्टीकरणको जवाफ

सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए।

प्रधानमन्त्रीसँग जबाफ माग

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

ओली पक्षका निष्कर्षः एकताका लागि नेपालसँग संवाद

सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।

अध्यक्ष ओलीद्वारा शाहसँग ४८ घण्टे स्पष्टीकरण माग

पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्।

नेपाल पक्षधर भ्रातृ संगठनको चेतावनीः जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन

माधवकुमार नेपाल पक्षधर नेकपा (एमाले)का भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएको छ।

ओली पक्षले भन्यो : माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुनू

नेकपा (एमाले) ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन निर्देशन दिएको छ।

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छः एमाले

नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भनेः राष्ट्रपतिलाई छुद्र ढंगले टिप्पणी गर्नेलाई कोरोना नलागोस्

परराष्ट्रमन्त्री तथा नेकपा(एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले सरकारले कोरोना खोपको प्रवन्धका लागि प्रयास गरिरहेको जनाउँदै यसमा राष्ट्रप्रमुखको समेत सक्रियता सराहनीय भएको बताएका छन्।

युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।

अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका छन्।

प्रधानमन्त्रीले घोषणा गरे ‘नीति तथा कार्यक्रम’: निर्वाचन केन्द्रित बजेटको संकेत

सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।

सुदूरप्रदेश सभा एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त

सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकवाट तारालामा तामाङलाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरि लालबहादुर खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्