coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री ज्ञवालीले भनेः राष्ट्रपतिलाई छुद्र ढंगले टिप्पणी गर्नेलाई कोरोना नलागोस्

परराष्ट्रमन्त्री तथा नेकपा(एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले सरकारले कोरोना खोपको प्रवन्धका लागि प्रयास गरिरहेको जनाउँदै यसमा राष्ट्रप्रमुखको समेत सक्रियता सराहनीय भएको बताएका छन्।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको आठौं बैठकबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोरोना रोकथामका लागि राष्ट्रपतिको प्रयासलाई ओलाचना नगर्न समेत अनुरोध गर्दै राष्ट्रपतिको प्रयासलाई आलोचना गर्नेलाई कोरोनाले समेत नछोओस् भनी कामना गरे।

‘अब जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँको लागि त राष्ट्रपतिले नै गुर्नपर्यो नि त, प्रधानमन्त्री र राष्ट्रपतिबीचमा त कुराकानी हुँदैन। यति न्यूनत्तम प्रोटोकल हामीले बुझ्यौं भने र त्यो भन्दा पनि ठूलो अहिले देशमा नागरिकहरुलाई जीवन रक्षा गर्ने, खोप ल्याएर जीवन रक्षा गर्ने प्रमुख हो भन्ने कुरा न्यूनत्तम मानवीय, राजनीतिक कुरा छोड्दिनुस्, मान्छे बच्यो भने राजनीति गर्दै गरौंला। तर ती नेताहरु जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नुभा’छ, मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस्, यस्ता कुराहरुमा चाहिँ कृपया राजनीति नगरिदिनुस्,’ उनको आग्रह छ।

‘अहिले मान्छेको जीवन रक्षा ठूलो हो कि अरु कुरा ?’ भन्दै प्रश्न गर्दै उनले देशको सर्वोच्च पदाधिकारी नै राष्ट्रपति भएकाले संविधानको रक्षक र देशको अभिभावकको हैसियतले आवश्यकता अनुसार राष्ट्रपतिले काम गरेको बताए।  

बैठकमा प्रतिनीधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम, सर्वोच्च अदालतमा विचाराधीन विषयलाई प्रभाव पार्ने गरि भइरहेका गतिविधि र त्यो विषयमा भएका गतिविधिहरुको समीक्षा भएको उनको भनाइ छ।

‘आफूले भनेकै न्यायाधीस चाहिन्छ र आफूले भनेनसरी फैसला चाहिन्छ भन्ने ढंगले सिर्जना गरिएका दबाबहरु स्वतन्त्र न्यायपालिकाको मेल खाँदैन’, उनले भने, ‘ यस्ता कुराहरु उचित होइन र उचित हुनु हुँदैन।’

पार्टीको आन्तरिक एकतालाई सुदृढ एकतालाई बलियो बनाउन र एकता प्रयासलाई जारी राख्ने र बजेटको समेत समीक्षा भएको बताउँदै पार्टी एकताका लागि नेताहरुले अन्तिम समयसम्म प्रयास गर्ने छलफल भएको जानकारी दिए।

प्रकाशित: १८ जेष्ठ २०७८ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App