७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल पक्षधर भ्रातृ संगठनको चेतावनीः जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन

माधवकुमार नेपाल पक्षधर नेकपा (एमाले)का भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएको छ। नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।  

यस्तै, नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा पनि उक्त संगठनले गरेको छ। आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको बताउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको आरोप समेत लगाएका छन्।

https://drive.google.com/file/d/1U99XnwduqQqFly3-KrvlImYtPLgTn8yW/view

प्रकाशित: २० जेष्ठ २०७८ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App