१० आश्विन २०८१ बिहीबार
image/svg+xml

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता जारी

पार्टी एकताका लागि सहमतिको अन्तिम प्रयास भइरहँदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको हो।

नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

अबको प्रधानमन्त्री शेरबहादुर देउवाः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्। देउवा प्रधानमन्त्री बन्ने गरी प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको प्रचण्डले बताएका छन्।

प्रतिनिधि सभा जसरी पनि पुनर्स्थापना गरिनुपर्छः नेता श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई पुनर्स्थापना गर्नु पर्छ भन्नेमा जोड दिएका छन्।

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिको दवाव

नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दवाव दिएका छन्। विस २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दवाव एवं खबरदारी गरेका हुन्।

असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव

यस्तै साउन २५ गतेभित्र विधान महाधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको छ। विधान महाविधेशनका लागि असार २५ गतेभित्र प्रदेश, जिल्ला, स्थानीय तहमा विधान संशोधनका लागि पठाइसक्ने प्रतिवेदनमा उल्लेख छ।

खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

संक्रमित नेताको आइसोलेसनमा मृत्यु भएको विषयमा छानबिन गर्न एमालेको माग

नेकपा एमाले खोटाङले आइसोलेसन सेन्टरमा कोभिड संक्रमित नेताको मृत्यु भएको विषयमा छानबिन गर्न माग गरेको छ।

प्याकेजमा सहमति खोज्दै नेपाल समूह

ओली समूहको बुधबारको बैठकले नेपाल समूहका केही मागलाई सम्बोधन गरेको भए पनि सल्लाहबिना नै आठजनालाई स्थायी समिति सदस्यमा मनोनयन गरेपछि नेपाल पक्ष झनै सशंकित भएको छ।

सरकारविरुद्ध चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्छाैंः प्रवक्ता ज्ञवाली

पूर्वमन्त्री ज्ञवालीले यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रैमा सिमित नभएको दाबी गर्दै भने, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाईँ मात्रै हो भन्ने बुझ्नु हुँदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षड्यन्त्र पनि हो।”

प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध

संसदमा अमर्यादित अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नु पर्ने र माओवादी सांसदको नामै किटान गरी गरेको अमर्यादित टिप्पणी संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखी मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको हो।

माओवादीद्वारा संसद बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।

एमालेका पुराना कमिटी ब्युँताउने तयारी

सबैतिरबाट घेराबन्दीमा परेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल समूहको मागबमोजिम पार्टीको सांगठनिक संरचनालाई २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउने तयारी गरेका छन्।

एमालेलाई सुदृढ होइन कमजोर पार्ने खालका गम्भीर विरोधाभाषहरु देखिए: प्रदिप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताका लागि आफूहरुको तर्फबाट हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।

तीन मन्त्री एक महिनाका लागि निलम्वित

नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्