१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध

नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध पारेको छ। संसदमा अमर्यादित अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नु पर्ने र माओवादी सांसदको नामै किटान गरी गरेको अमर्यादित  टिप्पणी संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखी मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको हो।  

मंगलबारको बैठक सुरू भएलगत्तै माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले प्रदेशसभाको बैठक असार २० गतेसम्मलाई स्थगित गरेका छन्। माओवादी केन्द्रले राखेका माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने भन्दै सोमबार देखि संसद बैठक अवरुद्ध पार्दै आएको छ।

आइतबारको बैठकमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरूङले विनियोजन विधेयकमाथिको छलफलमा मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा माओवादी सांसद मोहनकुमार खड्काविरुद्ध अमर्यादित टिप्पणी गरेका थिए। 

प्रकाशित: १५ असार २०७८ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App