८ वैशाख २०८१ शनिबार
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवाः प्रचण्ड

प्रतिनिधिसभा पुनर्स्थापनासँगै देउवा प्रधानमन्त्री

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्। देउवा प्रधानमन्त्री बन्ने गरी प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको प्रचण्डले बताएका छन्।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे। ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ। अनि संसद पनि पुनर्सथापना हुन्छ’, उनले भने।

प्रधानमन्त्री ओली निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताउँदै प्रचण्डले ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र बिरोधी तत्वको रुपमा उजागर भईसकेको तर्क गरे। उनले अब ओलीबाट केही पनि हुन नसक्ने जिकिर गरे।  

संविधान त्रुटीपूर्ण समेत रहेको स्वीकार गर्दै प्रचण्डले त्यसको संशोधन र वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व आफ्नो रहेको बताए। यसअघि मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको पूर्वसन्ध्यामा पनि प्रचण्डले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेका थिए। प्रधानमन्त्री ओलीले त्यसलाई ‘स्याल कराउनु र कुखुरो हराउनु’को संज्ञा दिएका थिए।

माओवादी नेता महादेव यादवको परिवारलाई सानत्वना दिँदै अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड । तस्बिरः नागरिक

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको क्यान्सर रोगबाट निधन भएको छ। तीन वर्षदेखि क्यान्सरबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा गएराति निधन भएको हो। गएराति १० बजे जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित आफ्नै घरमा यादवको मृत्यु भएको उनका परिवारजनले जनाए। पछिल्लो समय चितवन क्यान्सर अस्पतालका डाक्टरको सल्लाहमा घरमै राखेर औषधि उपचार गरिएको थियो।

प्रकाशित: २२ असार २०७८ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App