९ आश्विन २०८१ बुधबार
image/svg+xml

सभामुखविरुद्ध ओली सर्वोच्चमा

पार्टीले कारबाही गरिसकेका सदस्यको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ। ओलीले एकैसाथ तीनवटा रिट दर्ता गराएका छन्।

एमालेले दियो सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले छुट्टाछुट्टै तीनवटा रिट निवेदन दर्ता गरेकी छन्। उक्त रिट निवेदनको सुनुवाइका लागि शुक्रबार तय भएको छ।

तीन सांसदले रोजे नेकपा (एस), कर्णाली प्रदेश सरकार झन् बलियो

४० सदस्यीय कर्णाली प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भइसकेका छन्। गत बैशाखमा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोरक्रस गरेका थिए।

अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्छ: अर्थमन्त्री शर्मा

बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका हुन्।

वरिष्ठ नेता खनाललाई भेट्न प्रचण्ड पुगे डल्लु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भेटेका छन्।

प्रदेश १ का १० सांसद समाजवादीमा

नेकपा एमालेका १० जनामात्रै सांसद नयाँ पार्टीमा गएको अवस्थामा भीम आचार्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा पर्ने निश्चित छ।

एमाले सिध्याउनतर्फ नलाग्न नेकपा(एस) अध्यक्ष नेपाललाई सुझाव

एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संवैधानिक जिम्मेवारीमा रहेका सभामुखले एमाले फुटाउन सहयोगीको भूमिका निर्वाह गरेको बताउँदै यसको एमालेले सधैं प्रतिकार गर्ने बताए।

सुदूरपश्चिम प्रदेशका १३ सासंद नेकपा नेकपा (एकीकृत समाजवादी)मा

नेकपा एमालेका सभामुखसहित २५ प्रदेशसभा सदस्य थिए। तीमध्ये यसअघि ७ जना केपी ओली पक्षमा थिए भने अन्य माधव समूहमा रहेका थिए। माधव समूहमा रहेका सवै सासंद यसअघि प्रभावशाली मानिएका नेता भीम रावलको निर्देशनमा चल्दै आएका थिए।

आदर्श अभ्यासको अपेक्षा

पछिल्ला वर्षमा पार्टी प्रमुखले आफ्ना संरचनाभित्र छलफललाई बढाउन सकेका छैनन्। जस्तोसुकै निर्णय गर्ने बेला अध्यक्ष वा पार्टी प्रमुखलाई निर्णयको अधिकार दिने गरेका छन्। यस्ता निर्णयका निम्ति पार्टी प्रमुख एक्लै जिम्मेवार हुनुभन्दा सामूहिकताले सही ठाउँमा पुर्‍याउन सक्छ । आन्तरिक लोकतन्त्र बलियो नबनाई कुनै पनि दलले अगाडि बढ्न सक्ने स्थिति हुँदैन।

माओवादी एक नं पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्।

पार्टीको कुनै कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन्।

माधव नेपालले दल गठन गर्नुको कुनै औचित्य छैन: महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन्।

पार्टी विभाजनविरुद्ध उत्रिन एमालेको आन्तरिक सर्कुलर

नेकपा (एमाले)ले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ। प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो।

दल रोज्न २२ गतेसम्म म्याद

आयोगले नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गत बुधबार दर्ता गरी कानुनी मान्यता दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्