२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपालले दल गठन गर्नुको कुनै औचित्य छैन: महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन्।

बस्नेतले एमालेका १४ सांसदलाई कारबाही नगरेको भन्दै आक्रोश समेत पोखेका थिए। संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरी काम गरेको उनले आरोप लगाए।  

उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको अवस्था रहेको बताए। यही अवस्थामा सभामुख सापकोटाले गरेको निर्णय उनीहरुको पक्षपोषणमा रहेको उनको विश्लेषण छ। यसले नेपाली राजनीति र संविधानको सवालमा गलत नजिर बसालेको उनले बताए।  

उनले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको सरकार भएको आरोप लगाए। वर्तमान सरकारले सामेल दलहरुले संविधान भन्दामाथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरा दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको उनले बताए।

नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्ड भएको भन्दै उनले काँग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाएको र २०७४ को निर्वाचनमा एमालेसँग च्याँखे थापेको बताए। आगामी निर्वाचनमा महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न लगेको बस्नेतले आरोप लगाए।

वर्तमान सरकारले पूर्णता पाउन नसक्नुको पछाडिको रहस्य टाउकोले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले टाउको हल्लाएको भन्दै उनले भने, अबको एक मात्र विकल्पको तीनै तहको निर्वाचन तत्काल गरिनु हो। वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको उनको भनाई छ। उनले संविधान मिचेर अनेक खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा र सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाउने सपना नदेख्न र निर्वाचनमा उत्रनसमेत चुनौती दिए।

प्रकाशित: १४ भाद्र २०७८ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App