५ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रीमानहरुलाई खासखुसले प्रभावित नगरोस : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन।

निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भएपनि देशलाई ठूलो घाटा भएको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन्।

‘संसारकै उत्कृष्ट संविधान भन्ने खड्गप्रसाद, सुवास नेम्वाङहरु त्यही संविधानको घाँटी रेट्दैछन्’

मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्माले प्रतिनिधि सभा विघटन् गरेर मुलुकलाई हिंसाको बाटोमा धकेल्न खोजेको आरोप लगाएका छन्।

ओलीतर्फ संकेत गर्दै नेपालले भने – कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान छैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्ने तयारी भइरहेको बताएका छन्।

संसद विघटन बिरुद्ध पोखरामा कालोबेलुन उडाएर प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमबिरुद्ध पोखरामा कालोबेलुन उडाएर प्रदर्शन भएको छ ।

शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : कृष्ण पहाडी

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्।

वैशाखमा हुने चुनावबाट केपी ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो दल बन्छ : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

‘राजाले जनताको नासो फिर्ता गरेका थिए, राष्ट्रिपतिले पनि संसद् विघटनको निर्णय फिर्ता लिनुपर्छ’

अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटन गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता लिनुपर्ने बताएका छन्।

भोली प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, जथाभाबी नारा लगाउन नपाइने

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) ले भोली शुक्रबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले कार्यतालिका नै सार्वजनिक गरेको छ।

न्यायाधीहरुले वकिललाई भने – तपाईंहरुले छिटो गरे पो हामी छिटो गर्ने हो

बहसको सुरुमै प्रधानन्यायाधीश जबराले बहस लामो भइरहेकाले छोट्याउन कानुन व्यवसायीलाई आग्रह गरेका थिए। उनले सकेसम्म ३० मिनेटभित्र बहस सकाउन भनेका थिए।

'संसद विघटन राजनीतिक पनि होइन संवैधानिक पनि होइन'

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने बताएका छन्। सर्वोच्चमा विचाराधीन संसद विघटनको मुद्दामा बुधबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता ज्ञवालीले संविधानको धारा ७६ (१) र (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले संसद विघटन गर्न नमिल्ने बताएका हुन्।

संसद विघटन मुद्दामा बहस गर्न आधा घण्टा समय तोकियो

प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्ने अधिवक्ताका लागि समय तोकिएको छ। आज जारी रहेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अधिवक्तालाई आधा घण्टाको समय तोकेका हुन्।

नेताको बोली किन असहिष्णु ?

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बन्यो।

ओलीले देशलाई तानाशाहीको भूमरीमा लैजान खोजे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संविधान विहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको आरोप लगाएका छन्।

आवश्यक परे ओलीले संकटकाल लगाउँछन् तर चुनाव गराउँदैनन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनकाे लागि मिति घोषणा नगरेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्