५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आवश्यक परे ओलीले संकटकाल लगाउँछन् तर चुनाव गराउँदैनन् : माधव नेपाल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनकाे लागि मिति घोषणा नगरेको दाबी गरेका छन्। साेमबार काठमाडौंमा आयोजित आफू पक्षीय अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनाव गराउन मिति घोषणा नभएको बरु ओलीलाई ५ वर्ष नै सरकारमा बस्न मन भएको बताए।

ओलीले आवश्यक परे संकटकाल लगाउनसक्ने तर चुनाव नगराउने अध्यक्ष नेपालको दाबी छ। ‘भ्रममा नपर्नुहोला, ओलीजीले चुनाव गराउनुहुन्न। उहाँलाई पाँच वर्ष नै सरकारमा बस्न मन छ। त्यसका लागि संकटकाल लगाउनुपरेपनि उहाँ लगाउन पछि पर्नुहुन्न,’ उनले भने, ‘अरु असंवैधानिक कदम चालेर भएपनि प्रधानमन्त्रीमा बस्ने प्रयास गर्नुहुन्छ।’  

उनले ओलीलाई पार्टी सदस्यबाट नै हटाउन आज (सोमबार) अन्तिम स्पष्टीकरण पत्र पठाउन लागिएको समेत जानकारी दिए। आफूहरुले सुध्रिने मौका दिएपनि ओलीले गल्ती सुधार नगरेको उनको भनाई छ।  

‘सुःखद् कुरा भनौं कि दुःखद् कुरा, केपी ओलीजीलाई आज अन्तिम स्पष्टीकरण पत्र पठाइरहेका छौं। ओलीलाई सुध्रिने मौका दिएका थियौं। अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म राखेको थियौं। तर, उहाँले गल्ती सुधार गर्नुभएन,’ नेपालले भने।

यसअघि माघ २ मा बसेको दाहाल–नेपालक्षको स्थायी कमिटी बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ माघ २०७७ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App