५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देश बनाउने कांग्रेसले हो, नसके अरु पार्टीले सक्दैनन्: सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले कांग्रेसबाहेक मुलुक बनाउन सक्ने अरु पार्टी नभएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा कांग्रेसको झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले मुलुक बनाउने दायित्व कांग्रेसकै रहेको बताउँदै कांग्रेसले नसके अरुले झन् नसक्ने बताएका हुन्।

‘कांग्रेसका देशभरमा रहेका हामी कसैले पनि कुण्ठा पाल्नुपर्ने स्थिति छैन। देशलाई राजनीतिक नेतृत्व गरेर यहाँसम्म ल्याएको नेपाली कांग्रेसले नै हो,’ सिटौलाले भने, ‘हामी चाहे चुनाव जितौं चाहे हारौं, नेपालको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको छ। भविश्यमा पनि गर्छ। यसमा ढुक्क हुनुपर्छ। हामीले गर्न नसके गर्न सक्ने पार्टी नेपालमा बनेजस्तो मलाई त लाग्दैन।’

कम्युनिस्ट पार्टीहरूले नसक्ने बताउँदै उनले भने,‘कम्युनिस्ट पार्टीको सिद्धान्त डक्ट्रिनले दिँदैन। माक्र्सवाद, लेलिनवाद, माओवादको स्कुलिङबाट बनेका, बढेकाहरूले देश बनाउन सक्दैनन्। नेपाल बनाउन सक्दैनन्।’

प्रकाशित: ५ आश्विन २०८१ १६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App