५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लागु औषधसहित अटो चालक पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको वडा कार्यालय नजिकै शङ्कास्पद रूपमा रोकिएको अटोबाट प्रहरीले चेकजाँच गर्दा लागूपदार्थ जस्तो देखिने सेतो पदार्थ बरामद गरेको छ।

प्रहरीले घटनास्थलबाट वीरेन्द्रनगर नगरपालिका–९, लाईटीकोइलीका २३ वर्षीय रोहन सुनारलाई नियन्त्रणमा लिएको छ। सुर्खेत प्रहरीका अनुसार सुनारको शरीर खानतलासी गर्दा ८० मिलिग्राम हाईट सुगर जस्तो देखिने लागूपदार्थ बरामद गरिएको हो।

प्रहरीले हाल सुनारमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सुनारलाई नियन्त्रणमा लिइएको बताए।

प्रकाशित: ५ आश्विन २०८१ १८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App