५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भोली प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, जथाभाबी नारा लगाउन नपाइने

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) ले भोली शुक्रबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले कार्यतालिका नै सार्वजनिक गरेको छ।

संघर्ष समितिले प्रदेश, जिल्ला, जबस, मोर्चा संगठनहरुले विरोध प्रदर्शनमा तथा सभामा सहभागि गराउने भनी जानकारी दिएको संख्यामा नघटाई उपस्थित गराउनसमेत निर्देशन दिएको छ।

शुक्रबार बिहान १०:४५ बजे आफ्नो संगठनलाई छुट्याइएको आर्कमा अनिवार्य भेला हुन कार्यकर्ताहरुलाई भनिएको छ। जस अनुसार उपत्यकाका ९ ठाउँमा कार्यकर्ताहरु जम्मा हुने छन्। ति ठाउँको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने छन्। ति ठाउँमा समयमै आइनपुगे अर्थ रहने ७ बुँदे निर्देशिकामा उल्लेख छ।

हरेक संगठनलाई आफ्नो तर्फबाट कार्यक्रममा सहभागि हुन आउने सहभागिहरुको सवारी सधानको नम्वर, संख्या , नाम ठेगान र फोन नम्बर बुझाउन भनिएको छ। कार्यक्रममा सहभागिहरु बस चढेपछि सूची तयार पारेर बुझाउन पनि भनिएको छ।  

उपत्यकाका ९ ठाउँबाट निस्कने जुलुसमा निर्धारित नारामात्र लगाउन भनिएको छ।

 

 

 

 

प्रकाशित: ८ माघ २०७७ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App