मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्। कैलालीमा आज आयोजित एक कार्यक्रममा पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको बताए। ‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ,’ उनले भने।
समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का पैदा गरेको बताए।
रासस
प्रकाशित: ८ माघ २०७७ ०८:५८ बिहीबार