२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीले देशलाई तानाशाहीको भूमरीमा लैजान खोजे : प्रचण्ड

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संविधान विहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको आरोप लगाएका छन्। प्रचण्ड–नेपाल समूह सम्वद्ध नेपाल प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभा विघटन गरेर ओलीले ठूलो गल्ती गरेको दोहोर्‍याए।

उनले संसद् विघटन गरिसकेपछि ओलीको हातमा केही बाँकी नरहेको समेत दाबी गरे। ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन। जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु,’ ओलीले भने।

ओलीले प्रतिनिधि सभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको समेत बताए। ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ प्रचण्डले भने।

प्रकाशित: ६ माघ २०७७ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App