१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीको 'डिबेट' प्रस्तावमा बालेन्द्र साहको अस्विकार, भन्छन् : आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने?

नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका दावेदारहरूसँग एउटै मञ्चमा वादविवाद गर्न तयार रहेको भन्दै गर्दा सोही क्षेत्रका अर्का उम्मेदवार बालेन्द्र साहले हत्यारा र मतियारसँग एउटै मञ्चमा नउभिने बताएका छन्।   

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत देश जलाउने र देश बनाउनेबीच एउटै मञ्चमा डिबेट हुनुपर्छ भनेपछि बालेन्द्र साहले आफू ओलीसँग एउटै मञ्चमा नउभिने बताएका हुन्। बालेन्द्र साहले कमेन्टमार्फत लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। हुन पनि नेताहरूको घर कता–कता छन्, तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो।’  

साहले ओलीलाई प्रश्न गरेका छन्, ‘आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौँला,’। ‘हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस घटनामा सामेल भएको बुझिनेछ।’ भन्दै ओलीसँग बहस वा साझा मञ्चमा उभिन अस्वीकार गरेका छन्।  

प्रकाशित: ११ माघ २०८२ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App