५ आश्विन २०८१ शनिबार
image/svg+xml

आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।

लगानी बोर्डको रणनीतिक योजना: पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृतिको लक्ष्य

रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चारखम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको छ।

पञ्चवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना सार्वजनिक गर्दै

कोभिड–१९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोडदिइरहेको सन्दर्भमा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र सञ्चालन हुनेछ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।

सेयर बजार ओरालो लागेपछि लगानीकर्ताले मागे गभर्नरको राजीनामा

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।

१७ करोड लगानीमा दाना उद्योग

कोरोना महामारीले उद्योग, व्यवसाय धराशयी भइरहेको बेला धरानमा १७ करोड लगानीमा पशुपक्षीको दाना उत्पादन गर्ने उद्योग खुलेको छ।

शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई भट्टराईको सुझाव

प्रतिनिधिसभाका सांसद एवम् एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरुलाइ सुझाव दिएका छन्।

अवधि नपुग्दै बाहिरिँदै मणिपाल

वैदेशिक लगानीकर्ता रहेको नेपालकै पहिलो मेडिकल कलेज मणिपालले सबै स्वामित्व बिक्री गरेको छ । भारतीय लगानीको यो मेडिकल कलेजले पोखरेली व्यवसायीलाई स्वामित्व बिक्री गरेको हो । भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले यो कलेज संचालन गरेको थियो ।

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।

‘लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक’

उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए।

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ।

लगानीको प्रतिफल आवश्यक

उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ। शर्माले घाटामा रहेका सार्वजनिक संस्थानको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे।

कोभिडले विदेशी लगानी ६ अर्ब घट्यो

कोभिडले नयाँ परियोजना सुरु गर्न कठिन हुने भएपछि नेपालमा लगानी गर्न कम विदेशी लगानीकर्ताले अनुमति लिएका छन्। आव ०७७/७८ को १२ मा विदेशी लगानीकर्ताले ३२ अर्ब दुई करोड रूपैयाँ लगानी प्रतिबद्धता जाहेर गर्दै उद्योग विभागबाट स्वीकृत लिएका छन्।

कर्जा सीमाले सेयर बजार प्रभावित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।

सार्वजनिक संस्थान सरकारलाई बोझः ६ सय अर्ब लगानीको औचित्यमाथि प्रश्न

अत्यावश्यक सेवाबाहेक जुनकुनै क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउनुपर्छ। तर, सरकारले करिब ६ खर्ब रूपैयाँ लगानी गरेका सार्वजनिक संस्थानहरूले न गुणस्तरीय सेवा दिन सकेका छन् न त लाभांश नै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्