६ आश्विन २०८१ आइतबार
image/svg+xml

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा र बाँकी रकम काठमाडौं उपत्यकामा पानी वितरण संरचना तयार पार्न खर्च भएको हो।

घरजग्गामा बैंक लगानी बढेको बढ्यै

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रूपैयाँ कर्जा लगानी गर्दा घरजग्गामा दुई खर्ब ३५ अर्ब रूपैयाँ लगानी पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा एक खर्ब ६३ अर्ब रूपैयाँ थियो।

मेवा खोलामा सिटिजन्सको अगुवाइमा सहलगानी

निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोसी करिडोर अन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिने छ।

११ वर्षपछि आउँदै माथिल्लो तामाकोसी, ६ मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताबाट घुमाइँदै

स्वदेशी लगानीको सबैभन्दा ठूलो बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जडान भएका ६ वटा मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताभित्र घुमाएर ७६ मेगावाट बिजुली उत्पादन गरी आयोजनाबाट विद्युत उत्पादनको काम प्रारम्भ गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।

सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैंकहरूले ८१ अर्ब ६१ करोड २० लाख रूपैयाँ तथा विकास बैंकहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रूपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्।

९७ अर्बको लगानी स्वीकृत

लगानी बोर्डको पछिल्लो बैठकले विभिन्न परियोजनामा गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ४७औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

सिबिफिनद्वारा विदेशी लगानी नीतिको स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा गरिएको विदेशी लगानीसम्बन्धी व्यवस्था सकारात्मक रहेको ठहर गर्दै स्वागत गरेको छ।

कोरोना खोपमा लगानी गर्दा सर्वाधिक प्रतिफल

विश्वव्यापी खोप अभियानले धनी राष्ट्रलाई झन् धेरै फाइदा हुनेछ किनकि उनीहरूले अतिरिक्त १ खर्ब डलर आयकरमार्फत आम्दानी गर्नेछन्।

वैदेशिक लगानीलाई रातो कार्पेट

मुलुकमा विदेशी लगानी भित्रन नसकेको पृष्ठभूमिमा लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यो नीतिले नेपालमा विदेशी लगानी ल्याउन केही लचिलो व्यवस्था गरेको छ। यो व्यवस्थाको सबैभन्दा सकारात्मक पाटो अब कुनै पनि विदेशी लगानीकर्ताले राष्ट्र बैंकको स्वीकृतिबिनै विदेशी लगानी ल्याउन सक्नेछन्।

कोरोना महामारी लम्बिँदा बैंक लगानी घट्यो

दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन थालेको पाइएको छ।

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेसंगै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको हो।

साना किसानलाई लगानी सुरक्षित गर्न चुनौती

जानकी गाउँपालिका–५, गुरुवा गाउँका २६ वर्षीय वकिल बागवानले दुई वर्ष कुखुरा व्यवसाय गरे । अस्वस्थ प्रतिस्पर्धा र बजार अभावमा उनको व्यवसाय फस्टाउन सकेन । अन्ततः उनले उक्त व्यवसायबाट घाटा खाँदै पेसा फेर्नु पर्‍यो । लगानीसमेत उठाउन नसकेर एक लाख रूपैयाँसम्म नोक्सानी व्यहोरेका उनलाई भारतबाट भित्रिने कुखुरा प्रमुख चुनौती बन्यो ।

नीतिगत उदारताले मात्र लगानी बढ्दैन

हैटी तथा क्युबाको प्रगतिमा उदार अर्थव्यवस्थाको हात छ तथापि लागत प्रतिस्पर्धी र गुणस्तरीय वस्तुविना नीतिगत उदारताले मात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन।

पाँच कम्पनीलाई विशिष्टीकृत लगानी कोषको अनुमति दिइँदै

ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडले अनुमति पाउनेछन्।

निक्षेपको तुलनामा कर्जा लगानीमा निरन्तर वृद्धि

बैंकिङ प्रणालीमा तरलता थुप्रनु भनेको अर्थतन्त्रमा थप असर पर्नु हो। जति धेरै लगानी गर्न सक्यो, त्यति नै बढी उत्पादन र रोजगारी वृद्धि हुन्छ। अर्थविदहरूले कोरोना महामारीका कारण लामो समयसम्म तरलता थुप्रिए अर्थतन्त्र संकटमा पर्ने अनुमान गरेको बेला बैंकहरूले कर्जा लगानीलाई जोड दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्