१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेसंगै विदेशी लगानी भित्र्याउन बैंकको स्वीकृति नचाहिने भएको हो।

योसँगै अब विदेशी लगानी बापत आउने विदेशी मुद्राका लागि बैंकसँग स्वीकृति लिन नपर्ने भएको छ। भने लगानीको प्रतिफल समेत लगानीकर्ताले सहजै लैजान पाउने भएका छन्।  

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी बैंकले यस्तो विनियमावली ल्याएको राष्ट्र बैंकले जनाएको छ। 

https://drive.google.com/file/d/1sVNKtWtEJCJekSB1wKvF-RX9MLAhAz07/view?fbclid=IwAR1Am1Uei2cMfY7A4OAN3EL_vWsUTlyA04xROqd8A1Q-IBfy9jsWZ68_tYA

प्रकाशित: २५ जेष्ठ २०७८ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App