६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रत्यक्ष वैदेशिक लगानीको ५१ प्रतिशत सेवा क्षेत्रमा

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार सो अवधिसम्म नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको छ। ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भएको छ। सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको राष्ट्र बैंकले प्रतिवेदनको नतिजा उद्धृत गर्दै जानकारी दिएको छ।

भैंसेपाटीमा अर्ब लगानीमा मन्त्रीनिवास

यो आवास निर्माण परियोजनाको ठेक्का सिक्रो हनुमान जेभीले एक अर्ब तीन करोड रुपैयाँमा पाएको हो। साढे दुई तलाको मन्त्री आवासमा पूजाकोठादेखि लबीसम्मका सुविधासम्पन्न पूर्वाधार निर्माण गरिँदै छ।

लगानीमा कानुनी लगाम

निजी क्षेत्रको समस्या र संवेदनशीलतालाई सरकारले बुझिदिनुपर्छ भने सरकारले राखेका लक्ष्य भेटाउने कार्यमा पनि निजी क्षेत्रको सहयोगी भूमिका हुन जरुरी छ। सरकार र निजी क्षेत्र दुवैले एक अर्काको समस्या, बाध्यता, सीमा र संवेदनशीलतालाई बुझ्दै त्यसैअनुरूप सहकार्य गर्न सके मात्र अर्थतन्त्रमा अपेक्षित सुधार ल्याउन सकिन्छ।

कर्मचारी मोटाउने, किसान दुब्लाउने लगानी कहिलेसम्म?

बिल्टु दाश (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा गाउँ आए। उनी धनुषाबाट कर्जन्हा बसाई सर्नुको एउटै स्वार्थ थियो– कमला नदीको पानीको प्रयाप्त सुविस्ता। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो।

डब्लुटिओ, व्यापार सम्बद्ध लगानी सम्झौता र नेपाल

नेपाल दक्षिण एसियामा ‘डुइङ बिजनेस’ को दृष्टिकोणबाट तेस्रो उपयुक्त मुलुक र प्रतिस्पर्धी अर्थतन्त्रका हिसाबले चौथो स्थानमा छ।

मानुङकोटमा लगानीकर्ताको आकर्षण बढ्दै

सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइँ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ। तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो।

लगानीमैत्री कानुन बनाउन निजी क्षेत्रको माग

नीतिगत समस्याका कारण मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पुराना कानुन परिवर्तन गरेर निजी क्षेत्रमैत्री नयाँ कानुन बनाउन आग्रह गरे ।

'परियोजना तयारपछि मात्र लगानी सम्मेलन'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजना तयार गरेर लगानी सम्मेलन आयोजना गरे बढी फलदायी हुने बताएका छन्।

वित्तीय संस्थाको कर्जा लगानी जिडिपी नजिक

पछिल्लो साता वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ अर्ब लगानी गरेपछि कुल कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ। बुधबार नेपाल बैंकर्स संघले प्रकाशित गरेको विवरण अनुसार फागुन १४–२१ सम्म २७ वाणिज्य बैंकहरूले १३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब रूपैयाँ लगानी गर्न सफल भए।

नागरिक लगानी कोषको सहयोग

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषका निमित्त कार्यकारी निर्देशक इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

व्यवसायीलाई पुनर्कर्जाः लगानीमा सहजता

तीन दिनअघि राष्ट्र बैंकले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले पनि पुनर्कर्जा पाउने निर्णय गर्‍यो। पुनर्कर्जा कार्यविधि संशोधन गर्दै केन्द्रीय बैंकले गरेको यस्तो व्यवस्थाले साना व्यवसायीलाई अब स्रोतको अभाव नहुने भएको छ। यसले मुलुकमा लगानी सहज बनाउन सहयोग गरेको छ।

व्यापार र लगानीमा सहयोग गर्छु: दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत विश्वकर्मा

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताको पहिचान गरी व्यापार प्रवर्धन तथा त्यहाँबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने बताएका छन्।

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

३० करोड लगानीमा मनोरञ्जन पार्क

नेपालका मुख्य र प्रमुख सहरमा कमै मात्र मनोरञ्जन पार्क बनाइएका छन्। पार्क निर्माण गर्न सरकार कन्जुस मात्र देखिएको छैन, निजी क्षेत्रलाईसमेत प्रोत्साहन गर्न हिचकिचाउँछ। त्यसैले बिदाको समय वा फुर्सदको समयमा घुम्न जाने नजिकमा राम्रो गन्तव्य कतै हुँदैन। यही अभावलाई देखेर नै निजी क्षेत्रले पूर्वमा ठूलो लगानीमा पार्क बनाएको हो।

नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक

भारतीय उद्योगी, व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्र्याक्टर तथा कन्सट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए। ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्