५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मेवा खोलामा सिटिजन्सको अगुवाइमा सहलगानी

ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा कुमारी, मेगा, नेपाल इन्फ्रास्ट्रचर, सिद्धार्थ, नेपाल एसबिआई र सिभिल बैंकले सात सय करोड रूपैयाँ ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैंकहरूबीच सम्झौता भएको छ।

परियोजनाको अनुमानित लागत करिब नौ अर्बमा बैंकहरूले ७५ः२५ को ऋण: स्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड रूपैयाँ बराबरको ऋण लगानी गर्नेछन्। यसमध्ये, सिटिजन्सले एक अर्ब ४५ करोड, कुमारी, सिद्धार्थ, मेगा र नेपाल इन्फ्रास्ट्रचर बैंकले १–१ अर्ब लगानी गर्नेछन्। त्यसैगरी, नेपाल एसबिआई बैंकले ८० करोड र सिभिलले ५० करोड लगानी गर्नेछन्। त्यस्तै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने जारी विज्ञप्तिमा उल्लेख छ।

आयोजनाको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ। जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा छ। निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोसी करिडोर अन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिने छ। 

प्रकाशित: १० श्रावण २०७८ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App