१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी प्रदेश : ‘फ्लोर क्रस’ भए मात्रै मुख्यमन्त्री ‘फेल’

माओवादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ । जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको छ । तर जसपाले पार्टीको ह्विप उल्लंघन गरेर मन्त्री बन्न पुगेका चार सांसदलाई सांसदै नरहनेगरि कारबाही गरेको खण्डमा प्रदेशसभा ८१ सदस्यीयमा झर्ने छ ।

जसपामा सांसदको गणना सुरु

संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो।

सत्ता समीकरणको साँचो जसपा

कुनै बेला तराई मधेस केन्द्रित दलहरू उठाएका मागको बारेमा सुन्नै नचाहने प्रधानमन्त्री केपी शर्मा ओली अहिले जसपाले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाएका छन् । यो जसपाका लागि ठूलो उपलब्धि हो । कुनै बेला मधेस विरोधी मानिने ओली अहिले जसपाका पहिलो अध्यक्ष ठाकुरसँग निकटता बढाउँदै गएका छन्।

सत्ता समीकरणबारे जसपा तत्काल नबोल्ने

जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीरकणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन्।

जसपा विवाद उत्कर्षमा,बैठक बस्न सकेन

नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्।

जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ। कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।

जसपालाई फकाउँदै ओली

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएका छन्।

जसपा ओली नेतृत्वको सरकारमा कुनै हालतमा जाँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी केपी शर्मा ओली नेतृत्वको सकारमा कुनै हालतमा नजाने बताएका छन्। शुक्रबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष यादवले रेशम चौधरीसहितका नेताहरूको रिहाइ तथा संविधान संशोधनका विषयमा सरकारसँग वार्ता गरिएपनि ओली नेतृत्वको सरकारमा जसपा नजाने जिकिर गरे।

‘पहिला माग पूरा अनि सत्ता सहकार्य’ (अन्तवार्ता)

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वले सरकारको बहुमत कायमै हुने छ। ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्ने अनिवार्य छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेलाई सरकार टिकाउन १८ जना सांसद आवश्यक पर्छ। त्यसका लागि जसपा ओली नेतृत्वको सरकारका लागि वा नयाँ सत्ता समिकरणका लागि समेत निर्णायक बनेको छ।

सरकार–जसपा सहमतिनजिकः माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।

नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।

जसपामा किचलाे : पदाधिकारी बैठक निष्कर्षहीन, कार्यकारिणी समिति बैठक स्थगित

सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन। वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन।

जसपा दौडधुप : मुद्दा सम्बोधन कि सत्ता प्राप्ति

नयाँ सत्ता समीकरणका लागि दौडधुप तीव्र छ। अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने कि बचाउने भन्नेमा मुलुकको राजनीति केन्द्रित बनेको छ। यसमा प्रतिनिधिसभामा चौथो दलको हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) निर्णायक बन्ने देखिएको छ। सत्ता गठबन्धनका लागि जसपाले केही सर्त अघि सारेको छ।

माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीचको भेटवार्ता सकियो, ठाेस निर्णय हुन सकेन

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। शनिबार पेरिसडाँडामा भएको भेटवार्तामा नयाँ सरकार गठनका विषयमा छलफल भएपनि ठोस निर्णयमा भने नपुगेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कांग्रेस र जसपाका शीर्ष नेताहरुबीचको भेटवार्ता सकियो

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुबीचको छलफल बिना निष्कर्ष सकिएको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा जसपाका नेताहरुले कांग्रेस र जसपा एक ठाउँमा हुनुपर्ने बताएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्