१६ चैत्र २०८० शुक्रबार
राजनीति

जसपा ओली नेतृत्वको सरकारमा कुनै हालतमा जाँदैन : उपेन्द्र यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी केपी शर्मा ओली नेतृत्वको सकारमा कुनै हालतमा नजाने बताएका छन्। शुक्रबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष यादवले रेशम चौधरीसहितका नेताहरूको रिहाइ तथा संविधान संशोधनका विषयमा सरकारसँग वार्ता गरिएपनि ओली नेतृत्वको सरकारमा जसपा नजाने जिकिर गरे।

‘यो संघीयता, गणतन्त्र र समावेशिता विरोधी तथा प्रतिगमनकारी सरकार हो। जसपा ओली सरकारमा कुनै हालतमा जान्न,’ उनले भने। प्रधानमन्त्री ओलीका कारण देशमा राजनीतिक अस्थिरता तथा अन्योलताको स्थिति सिर्जना भएको उनको दाबी छ।

ओली नेतृत्वको सरकारमा जाने वा नजाने विषयलाई लिएर जसपामा मतभेद भएको भन्ने चर्चा चुलिएका बेला अध्यक्ष यादवले भने सरकारसँगको वार्तालाई लिएर भ्रम फैलाइएको जिकिर गरे। ‘सरकारसँग भइरहेको वार्तालाई लिएर केही भ्रम फैलाइएको छ, तर पार्टी फुट्दैन,’ उनले भने,  ‘फुट्नेहरुको अस्तित्व रहन्न, विगतमा लगानी गरेर फुटाल्नेहरुले पनि के पाए भन्ने थाहा पाइसके।’

जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाइ तथा आफूहरूका नेतामाथि लगाइएका मुद्दा फिर्ता नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।

प्रकाशित: १३ चैत्र २०७७ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App