१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता समीकरणबारे जसपा तत्काल नबोल्ने

जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीरकणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन्।

‘संत्ता समीकरणको विषय संसदमा प्रवेश गरेकै छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छाैं।’  जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयन विषयमा केन्द्रित भएको उनले जनाए। ‘अहिले हाम्रो प्राथमिकता जसपाले उठाएको मुद्दा कार्यान्वयनको विषयमा छ।

सत्ता समिरण्का हाम्रो प्राथमिकतमा रहेको छैन,’ महतोले भने। जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए। नेपाली कांग्रेसले केही दिन अघि माओवादी केन्द्र र जसपाका नेताहरूसँग बोलाई सत्ता समीकरणको विषयमा छलफल गरेको थियो। 

उक्त छलफलमा कांग्रेस सभापति देउवाले केपी ओली नेतृत्वको सरकार ढाली आफ्नै नेतृत्वको नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव गरेको थिए। उक्त प्रस्तावको बारेमा छलफल गर्न आइतबार जसपाको शीर्ष तहका नेताहरूको बैठक बसेको थियो। देउवाको प्रस्तावपछि पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग वार्ता गरेका थिए। पछिल्लो समय ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएका छन्।

प्रकाशित: ३० चैत्र २०७७ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App