१० मंसिर २०८१ सोमबार
image/svg+xml

लैगिंक हिंसापीडितको मानवअधिकार संरक्षण तथा सम्बर्धनका लागि संवेदनशील हुन प्रमको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैगिंक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताएका छन्।

मनोरञ्जन क्षेत्रमा हुने महिला हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला र बालिकामाथि हुने हिंसासम्बन्धी नेपाली सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारलाई आधार मानेर तयार पारिएको ‘सञ्चार अनुगमन प्रतिवेदन’ सार्वजनिक गरिएको छ ।

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा दीप प्रज्वलन

लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु हुँदैछ।

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ।

अधिकारकर्मी बन्दनाको अनुभव: उहिले गाली, अहिले ताली

करिब तीन दशकअघि अधिकारकर्मी वन्दना राणाले घरेलु हिंसामा परेका महिलाको पक्षमा काम गर्न खोज्दा घर भाँड्न खोजेको आरोप लाग्यो । त्यो घटना उनले बिर्सन सकेकी छैनन् ।

अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु

अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ।

के महिला संधै दबिनु पर्छ ?

अर्थात जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। के यो भनाइअनुसार साँच्चै ने नारीको सम्मान र कदर भएको छ त हाम्रो समाजमा ? धार्मिककालदेखि नै महिलालाई महादेवी, महालक्ष्मी, महासरस्वतीको दर्जा दिएको छ। महिलालाई जननी पनि मानिँदै आएको छ। तर आज जताततै महिलामाथि हिंसा, बलात्कार र तिरस्कारका बाढी नै आएका छन्।

अन्धकारमय आधा अवधि

प्रयत्न गर्दा कुनै क्षेत्रमा असफलता पनि हुन सक्छ तर दुःख यो छ कि सरकारले आर्थिक विकासको प्रयत्न नै गरेको देखिएन।

यौन हिंसामा परेकी १३ वर्षीयाले बच्चा जन्माइन्

धनकुटामा सामूहिक यौन हिंसामा परेकी १३ वर्षीया बालिकाले छोरी जन्माएकी छन्। चारजनाको सामूहिक यौन शोषणबाट अवैध गर्भ बोकेर महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी ती बालिकाले सोमबार साँझ कोसी अञ्चल अस्पताल विराटनगरमा सुत्केर िभएकी हुन्। बालिकामाथि यौनहिंसाको घटनामा संलग्न चार आरोपित पुर्पक्षका लागि कारागारमा छन्। जन्मिएको शिशु कसको हो भनेर सर्वत्र अहिले चासो र चर्चा हुन थालेको छ।

अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु

अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ।

सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचार बढ्यो : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधिहरू बढीरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरू भइरहेको बताए ।

महिला तथा सामाजिक समितिमा प्रश्न : महिलाबाट पीडित पुरुष न्याय खोज्न कहाँ जाने ?

महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन्। विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन्।

गण्डकी प्रदेश : महिलामाथि घरेलु हिंसा र बालिकामाथि यौन दुर्व्यवहार

कोभिड–१९ को महामारीको तीन महिनामा घरेलु तथा महिला हिंसाका घटनाहरु उल्लेख्य भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्यांकले देखाएको छ । इन्सेकको प्रतिवेदन अनुसार १ हजार १ सय १९ जना पीडित भएका छन् ।

लकडाउनका समयमा एक हजार एक सयभन्दा बढी महिला हिंसा

लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्