६ वैशाख २०८१ बिहीबार
समाज

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा दीप प्रज्वलन

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा धादिङबेसीस्थित पुछारबजारमा गरिएको दीप प्रज्वलन ।

लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु हुँदैछ। अभियानको पूर्व सन्ध्यामा धादिङबेसीको पुछारबजारमा दीप प्रज्वलन गरिएको छ। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि अभियान संचालन गरिँदै आइरहेको छ।  

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन सुरु गरेको पाइन्छ।

यो १६ दिने अभियान महिला हिंसाविरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसाविरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ। हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न आह्वान गरिएको छ।

जिल्लामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान मूल आयोजक समिति तथा विभिन्न संघसंस्थाहरुको आयोजनामा १६ दिनसम्म जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका कोषाध्यक्ष राधिका सापकोटाले जानकारी दिइन्।

प्रकाशित: ९ मंसिर २०७७ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App