२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

स्थानीय तह निर्वाचनः डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो। सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन्।

‘घोलडास’बाट बदलिएको ‘वीपीनगर’

२०४६ ताका देशमा आएको परिवर्तनपछि २०४८ सालतिर लमौते गाउँका पदमराज जोशीले घोलडासमा कांग्रेसका संस्थापक वीपी कोइरालाको मूर्ति राखेपछि घोलडासबाट नाम परिवर्तन भयो ‘वीपीनगर’।

आठ वर्षमा २० प्रतिशतमात्रै काम सम्पन्न

विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको सो पुल हालसम्म २० प्रतिशतमात्रै काम सम्पन्न भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जनाएको छ।

सकियो तिहार, सुरू भयो जाँत

कार्तिक शुक्ल तृतीयादेखि देवी देवताका तिथि पर्ने भएकाले पहाडमा तिहार लगत्तै जाँत सुरु हुने गरेको पण्डित तीर्थराज ओझा बताउँछन्।

सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जित्यो

कैलालीको धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। शनिबार भएको फाईनल खेलमा डडेल्धुरालाई ३–० को सेटमा हराएर डोटी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

जब भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो...

झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।

डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ।

छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइनः वनमन्त्री

उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने,“म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।”

'सिस्नु दलेर' शुभकामना !

अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन् नयाँ पिढीँ। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले। तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ।

डाँडैभरि डढेलो !

खुला आकाशले कोशौ टाढा देखिने डाँडा अहिले धुवाँले ढाकिएका छन् । नजिकैका डाँडा प्रष्ट देखिँदैनन् । कारण हो डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले यस्तो देखिएको हो ।

टाउकामा ढुङ्गा लाग्दा बालिकाको मृत्यु

विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिकासमेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए।

डोटीमा चितुवा आतङ्क, स्थानीयवासी चिन्तित

शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ।

सुक्न थाले सुन्तलाका बोट

पछिल्ला केही वर्षयता बारीमा फल्नै लागेका सुन्तलाका बोट सुक्न थालेको बताउँदै लखुडाका किसान शेरबहादुर धामीले भने, ‘पुराना बोटहरू सबै सुकिसके, नयाँ पनि फस्टाएका छैनन्।’ बछैन, मान्नाकापडी, घाङल, लानाकेदारेश्वर र गडसेराका किसानले सुन्तलाका बोट सुक्न थालेको बताउँदै बताए।

अव्यवस्थित पार्किङले समस्या

सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्