८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बर्दियाबाट अवैध सुनका गरगहना बरामद

बर्दिया प्रहरीले स्रोत नखुलेको गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–९ कतर्नियाघाट बाट प्रहरीले सुनसहित दुई जनालाई आइतबार पत्रकार सम्मेलनमा गरेर प्रहरीले सार्वजनिक गरेको हो।

‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास

पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन्। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।

सुनचाँदीका गहना बनाउने तालिम सकियो

दस दिने मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम आइतबार सकिएको छ।

सुनचाँदी व्यवसाय अनुकुल ऐन, नियम कार्यविधि निर्माणका लागि पहल

सरकारले १० किलोग्राम मात्र सुन आपूर्ति गर्ने व्यवस्था गर्दा सुनचाँदी व्यवसायीहरू मर्कामा परेको जनाएका छन्।

तीन साताभित्र ३०६ तोला बढी सुन बरामद

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

धुर्मुस सुन्तलीको रंगशाला (दुस्) साहस

यज्ञमा कवोल गरेको रकम त २५ प्रतिशत पनि नउठ्ने अवस्था भएको नेपालमा कुनै धार्मिक आस्था तथा समाजसेवासँग नजोडिएको अभियानमा पैसा नजुट्नु आश्चर्य हैन।

गहनामा 'राउटे महिला'!

झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।

तीजमा पनि भएन सुनचाँदीको कारोबार, व्यवसायी निराश

तीजका लागि व्यापारीहरुले पसलमा राखेका छड्के तिलहरी, मंगलसुत्र, झुम्का, चन्द्रमा लगायतका सुनका आइटम बिक्री गर्न नपाएपछि थन्काएर राखेको व्यापारीहरु बताउँछन्।

हाँडीगाउँ गहना खोज्ने पोखरीको जात्रा

कुनै वैज्ञानिक आधार नभए तापनि हाम्रा चाडपर्व, जात्रा आदि हाम्रो संस्कृतिका अभिन्न अंग हुन्। यसमा कुनै शंका छैन। यसको उचित संरक्षण संवर्धन हुन सकेन भने हाम्रा यी चाडपर्व लोप हुँदै जानेछन्।

शरीरमा लगाएको सुनको गहना लुट्न ७५ वर्षीयाको हत्या

शरीरमा लगाएको सुनको गहना लुट्न धादिङमा एक वृद्धाको हत्या गरिएको खुलेको छ । हत्या गरिएकी वृद्धा धुनीबेसी नगरपालिका–४ ढुंगेनी बस्ने ७५ वर्षीया सान्नानी सार्की रहेको प्रहरीले बताएको हो ।

काठमाडौंकी एक महिलाले हराएको १८ तोला गहना प्रहरीले फेला पारिदियो

काठमाडौंमा प्रहरीले भेटेको १८ तोला गरगहना र ३१ हजार ५०० रुपैयाँ सम्बन्धित धनीलाई बुझाएको छ।

२५ किलो चाँदीको गहनासहित दुई जना पक्राउ

कलैया उपमहानगरपालिकाको मटिअर्वा नाकाबाट अवैध रुपले भित्र्याइएको २५.२ किलो चाँदीको गहनासहित बारा प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

लकडाउनको मौका छोपी ऐतिहासिक पोखरीमा अवैध संरचना

काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्की संरचना निर्माण कार्य थालेकाले उक्त कार्यलाई रोक्न भन्दै शुक्रबार आयोगमा उजुरी परेको हो ।

एक लाख ७७ हजारको गहनासहित एक पक्राउ

करिब एक लाख ७७ हजार रुपैयाँ पर्ने साढे २ किलो चाँदीका अवैध गरगहनासहित एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मकवानपुरले प्रहरीले चाँदीका विभिन्न गरगहनासहित बाग्लुङको जैमिनि नगरपालिका ७ का ३६ वर्षीय कृष्ण रसाईलीलाई आइतबार सार्वजनिक गरेको हो।

कार भाडामा लिएर गरगहना चोरी

पत्यकाका विभिन्न स्थानमा कार भाडामा लिएर धनमाल तथा बहुमूल्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्