झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।
उनीहरुले भने गहना आम मानिस झै सुनचाँदी लगाउँदैनन्। फलामबाट विभिन्न किसिमका गहना तयार गरेर लगाउँछन्। प्रायः उनीहरु फलामका गहना लगाउँछन्। परम्परागत रुपमा नै उनीहरुले गाउँका सुनारसँग यस्ता गहना बनाउन लगाएको जानकारहरु बताउँछन्। वर्षमा एक दिन माघे सक्रान्तिमा मात्र नुहाउने राउटे समुदायहरु अहिले प्रायः नदी नजिक बसाईले पनि सरसफाईमा युवतीहरु बढी केन्द्रित हुन्छन्।
घाटीमा फलामका कडीसँगै खुट्टा र हातभरी सेताम्मे मोटा र मसिना कडा र चुराहरु टम्म लगाउने गर्दछन् राउटे महिलाहरु। उनीहरु हिँड्दा फलामका कडीहरु एक आपसमा ठोक्किएर आउने आवाज समेत आउने गर्दछ। शरीरभरी लगाएका गहनाको आवाजको संगितसँगै दैनिकी यात्रा सुरु हुन्छ राउटे महिलाहरुको।
राउटे समुदायका अधिकाँश महिलाहरुको गहना पहिरन प्रायः सबैमा अनिवार्य झै लगाउने गर्छन्। कान, हात, खुट्टा र घाटीमा राउटे महिलाहरुले फलामका गहना लगाउँछन्। जंगलमै रमाउने उनीहरुका लागि सुन्दताका लागि गहना लगाउन रुची हुनु एक अनौठो रुपमा हेर्ने समेत गरिन्छ। बाहिर गाउँमा गहना बनाएर लगाउने गरेको राउटे युवती गाँजलुले बताइन्।
राउटे महिलाहरुका हातभरी टम्म भरिएका कडीहरुले उनीहरुको परम्परागत पोशाकलाई समेत शोभामान देखाउँछ। पुरुष राउटेहरुले बस्तीमै फलामबाट आफ्ना चेली तथा श्रीमतीलाई कडा बनाउने गर्दछन्। तर, पुरुष राउटेहरु लगाउनमा खासै रुची राख्दैनन्।
पहिले जंगलबीचमा बस्ने राउटे समुदायहरु माओवादी सशस्त्र द्वन्द्वसँगै बस्ती नजिकका जंगलमा बस्न थालेसँगै उनीहरुको रहनसहन परिवर्तित अवस्थामा रहेको छ। अहिले राउटेहरु सल्यानको सल्लीबजार नजिक बस्छन्।
प्रकाशित: ८ कार्तिक २०७८ ०७:४९ सोमबार