२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

निर्वाण

निर्वाण यात्रामा हिंड्नुअघि तिम्ले झ्यालबाट हेरेका थियौं मलाई र, राहुललाई तिमी विचलित भएनौ केही बेर रोकियौ र, हिंड्यौ आफ्नो यात्रामा भौतारियौ धेरै वर्ष तर प्राप्त गरी छाड्यौ निर्वाण र आज विश्वले चिन्छ तिम्लाई।

के सिकाए पाखुराले, के सिकाए पाइलाले?

के सिकाए पाखुराले, के सिकाए पाइलाले? भोग्नुपर्ने रै’छ आफैं, ढल्छ जीवन भन्न थाले। तास, जूवा खेल्न थाल्यौं, खाल घुम्दै दाउ लाग्यो, सिद्धियो बस् खेल हाम्रो, मुस्कुरायो मात्र खाले।

दानशैली

एंगलएंगलको तस्विर लिन फोटोग्राफरलाई उनका स्वकीय सचिवले सिकाइरहेका थिए। दान लिँदै गरेका बेला गरीब र अशक्तको आँखामा आउने चमक वा असहायपनको फोटो खिच्न पत्रकारहरू पोजिसन खोजिरहेका थिए।

भ्रम

छाँगाबाट खसेझैं भएँ म। सानी छोरीलाई मेरा आँसुको कारण बताउने मसँग बहाना थिएन। मैले एकहोरो हेरिरहें भित्तामा टाँगिएको उनको स्वर्गीय बाबा अर्थात् मेरो श्रीमानको तस्वीर।

पठनीय र संग्रहणीय कृति ‘ग्रीष्मको निलो बतास’

पुडासैनी सकारात्मक सोचका लेखक हुन्। उनका अन्य नियात्रा कृतिमा जस्तै यस कृतिमा पनि समाजमा स्थापित विचार र व्यवहारबारे विकल्पबाट सोच्नुपर्ने हुन्छ। त्यसो गर्दा फरक सत्यको उजागर हुने उनको मान्यता छ।

पद्यम कन्याका दिदीहरूबाट साइकल चढ्ने निम्तो

आयोजकले यात्रीहरूलाई खाजा, खाना, प्रमाणपत्र र टिसर्ट पनि प्रदान गर्नुभएको थियो। कार्यक्रमबाट बँचेको पैसा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिनु यो साइकल र्‍यालीको अर्काे महत्वपूर्ण कुरा थियो।

पलपल तिम्रै सम्झनामा रुने बानी पर्‍यो

पलपल तिम्रै सम्झनामा रुने बानी पर्‍यो, आँसुले नै पूरै शरीर धुने बानी पर्‍यो।अरू केही छैन साथ, यादहरू आउँदा, कोल्टे फेरी–फेरी तस्वीर छुने बानी पर्‍यो।

नासो

‘छ्या, कति नजिकै ढेसिन आउनुभा’को? ऐले छोइएला फेरि’ ढेस्सिन खोजेका सुबिदार बाजेलाई हकार्दै पुर्णिामा बोली। ‘आफैं शरीरमा चुम्बक बोकेर हिँड्छे अनि कराउँछे’ भन्दै झन् नजिक सरे बाजे।

रक्षा

हुन त तिमीहरूले मनैबाट त के गर्न जानेका छौ र? त्यही देखावटीकै लागि त गर्छौ नि। मेरा बूढा थला पर्दा यसरी नै मन लगाएर उपचार गरेका भए मेरो सिन्दुरको रक्षा त हुन्थ्यो।’ उषाले धोतीको आँचलले आँसु पुछिन्।

पृथ्वीनारायण, कांग्रेस, युवा र दयावाद

नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले ‘अखिल भारतीय’ शब्दको गणेशमान सिंहले विरोध गरेका थिए। गणेशमान आबद्ध ‘नेपाल प्रजा परिषद्’को ‘प्रजा’ शब्दको विरोध गर्नेहरू पनि थिए। नेपालीले आफूलाई ‘जनता’को रूपमा अघि सार्नुपर्छ भन्ने उनीहरुको तर्क थियो। यसरी परिवर्तनका लागि धर्म र राजनीतिका शब्द, अर्थ र व्यवहारभित्र पसेर बहस भएका थिए।

नलिहाड

आसक्ति नजरले दाउ हेर्दै थिए। पांग्रै आफूले चपाउँदाचपाउँदै पनि अरूलाई नजिक पर्न दिँदैन थियो। आफ्ना दाह्रा बुक्याउदै लघार्न पुग्थ्यो। यो खेल हेर्नलायकको देखिन्थ्यो।

मतियार

‘तपाईं पनि नचाहिने कुरा नगर्नुस् है। भएको सम्बन्ध पनि बिग्रेला।’ – उसले रिसाउँदै भन्यो। ‘कुरा के हो? पहिले कुरा त प्रस्ट्याऊ तिमीहरू’ – मैले रिसाउँदै सोधें। ‘के हुनु नि अरू’, उसले भन्यो, ‘भागबण्डा।’ ‘कम गाह्रो हुन्छ कुरा लुकाउन’ – थप्यो– ‘यसले आज पनि छिमेकमा चोरी गरेर आएको छ बुझ्नुभयो!’

फुपूको श्राद्ध

कनसुत्लाले गाउँघरको माटाको छाप्रामा बस्ने साथीलाई चिठी पठाएछ। चिठीमा लेखिएको रहेछ, ‘हेर साथी, तिमी र तिमीजस्ता बस्ने निरीह गाउँका निश्छल मनहरूलाई भनिदेऊ–काठमाडौंमा त ठुलाठालु सधैं फुपूको श्राद्ध गर्दा रहेछन्।

मेरो चिहान

निभेको मैन तड्पिएको उज्यालो एक सकस। काँचको ऐना कैले ऊ कैले हामी बिम्ब अनेक। मेरो चिहान तिम्रो अस्थिपन्जर अध्कल्चो प्रेम।

आमाको उपाधि

अधबैंसे र डाक्टरबीच संवाद चलेकै थियो। यसै बीचमा बेडमा सुतेकी महिलाले पुर्लुक्क आँखा हेरिन्। दुई जना बीचको संवाद कति बुझिन्, कति बुझिनन्। ओठ काँपेको मधुर स्वरमा भनिन्, ‘सर, सक्नुहुन्छ आमा र बच्चा दुवै बचाइदिनु। सक्नुहुन्न बच्चाचाहिँ बचाइदिनु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्