१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

निर्वाण

कविता

एल.वी. क्षेत्री

 

निर्वाण यात्रामा हिंड्नुअघि

तिम्ले झ्यालबाट हेरेका थियौं मलाई

र, राहुललाई

तिमी विचलित भएनौ

केहीबेर रोकियौ

र, हिंड्यौ आफ्नो यात्रामा  

भौतारियौ धेरै वर्ष  

तर प्राप्त गरी छाड्यौ

निर्वाण

र आज विश्वले चिन्छ तिम्लाई

बुद्ध भनेर

बधाई सिद्धार्थ!

त्यसै दिन, त्यही क्षण

तिमी घर त्यागेर जान लागेको

हामी आमाछोरालाई झ्यालबाट हेरेको  

मलाई थाहा थियो

मैले कुनै अवरोध गरिन  

मनमनै तिम्रो उद्देश्य पूर्तिको कामना गरें

र, प्राप्त गरेँ मैले पनि निर्वाण  

घर नत्यागी

त्यसै दिन, त्यही क्षण।

प्रकाशित: २५ पुस २०७८ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App