१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

मतियार

लघुकथा

विनोद नेपाल

–अहँ, हुँदैन!

–हुँदै, हुँदैन!

उसले उसको प्रस्ताव पटकपटक अस्वीकार गरिरह्यो।

यो देखेर म आश्चर्यमा परें।

– त्यस्तो मिल्ने साथी, के भयो, किन यसो गरिरहेको छ? के कुरा मिलेन यिनीहरूको हँ? म सोचाइमा परें।

सोधें, ‘के भयो? किन यसरी अड्डी लिइरहेको। हुन्छ भन्दिए भैगो नि।

‘तपाईं पनि नचाहिने कुरा नगर्नुस् है। भएको सम्बन्ध पनि बिग्रेला।’ – उसले रिसाउँदै भन्यो।

‘कुरा के हो? पहिले कुरा त प्रस्ट्याऊ तिमीहरू’ – मैले रिसाउँदै सोधें।

‘के हुनु नि अरू’, उसले भन्यो, ‘भागबण्डा।’

‘कम गाह्रो हुन्छ कुरा लुकाउन’ – थप्यो– ‘यसले आज पनि छिमेकमा चोरी गरेर आएको छ बुझ्नुभयो!’

प्रकाशित: २३ पुस २०७८ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App