१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

नासो

लघुकथा

सत्या अधिकारी

‘छ्या, कति नजिकै ढेसिन आउनुभा’को? ऐले छोइएला फेरि’ ढेस्सिन खोजेका सुबिदार बाजेलाई हकार्दै पुर्णिामा बोली।

‘आफैं शरीरमा चुम्बक बोकेर हिँड्छे अनि कराउँछे’ भन्दै झन् नजिक सरे बाजे।

नाम जस्तै, सुन्दर रूप थियो पुर्णिामाको। यति राम्रो नामसँग जोडिएको थियो औंसी जस्तो कालो जात।

गाउँ नजिकै एउटा भट्टी पसल खोलेकी थिई उसले। उनीहरूका घरमा जाँदा छोइछिटो हाल्नेहरू र बेलुका भएपछि टनाटन हुन्थे उसको भट्टीमा। कोही रक्सी पिउन आउँथे र कोही उसको सुन्दरता पिउन आउँथे, मालामाल भएकी थिई पुर्णिमा।

–किन हो कुन्नि राम्रैसँग चलेको भट्टी पसल हिजोआज भने बन्द छ।

गाउँभरिका मान्छेहरू कसैलाई नभन्ने कसम खुवाउँदै एक अर्कासँग भन्ने गर्छन् , ‘चुपचुप, पुर्णिमा त बाजेको नासो लिएर अर्कै गाउँमा घरजम गरेर बसेकी छ रे।’

प्रकाशित: २४ पुस २०७८ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App