२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नलिहाड

लघुकथा

अनन्त अर्याल

कुकुरहरू नलीहाडका पारखी हुन्छन्। कपाकप चपाउँदा मुखभरि रगत आउँछ र पनि हड्डीकै स्वाद ठानी झन् जोडसित चपाउँछन्। यो कुकुरको स्वभाव हो। कुकुरलाई मालिक भक्तिको संज्ञा पनि दिइन्छ।

कुकुरको दुश्मनीले वर्गीय र गोत्रीय कुनै भेद राख्दैन। आफ्नो स्वार्थ पूरा हुनुपर्छ बस् त्योभन्दा अरू केही चाहिँदैन।

समूहमा अलिक जोदाहा देखिने पांग्रे कुकुरले नलीहाड चपाउँदै थियो। अरू विभिन्न रङ र साइजका कुकुरहरू वरपर –याल चुहाउदै कुइँकिदै थिए।

आसक्ति नजरले दाउ हेर्दै थिए। पांग्रै आफूले चपाउँदाचपाउँदै पनि अरूलाई नजिक पर्न दिँदैन थियो। आफ्ना दाह्रा बुक्याउँदै लघार्न पुग्थ्यो। यो खेल हेर्नलायकको देखिन्थ्यो।

यसै बीचमा समूहको अलि ईष्र्यालु कालेले विजुली गतिमा नलीहाड झम्टेको के थियो, पांग्रेलाई असह्य भयो। ऊ सबैलाई त्यहाँबाट पन्छाउदै र लखेट्दै पर पुग्यो।

ऊ फर्किदा नलिहाड त्यहाँ थिएन। त्यो त अलिक पर लगेर खैरेले चपाउँदै थियो। खैरे अर्को टोलको दादा थियो।

प्रकाशित: २३ पुस २०७८ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App