७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

हार्दिक धन्यवाद छ यहाँहरूलाई!

यहाँहरूले मलाई कहिले भीरबाट धकेल्नुभो कहिले सिस्नु घारीमा फ्याँक्नुभो कहिले विष खुवाउनुभो कहिले बन्दूकले हान्नुभो तर म मरिनँ। यहाँहरूले मलाई कहिले खाल्डोमा पुर्नुभो कहिले सर्पले टोकाउनुभो कहिले हात्तीले कुल्चाउनुभो कहिले ग्याँस च्याम्बरमा हाल्नुभो तर म मरिनँ।

मुर्छा

तेल, चामल र मरमसलाको पैसा हिजोअस्तिकै भाउ त होला नि भनेर आठ सय मात्रै के दिएको थियो साहुले ‘तँलाई बजिया, यो चोरेर ल्याएको भन्ठान्या छस् कि क्या हो हँ? खुरुक्कै सोह्र सय गनेर ले’ भन्दै हकारेपछि बिर्खे मुर्छा परेर बङ्लङ्गै ढल्यो।

जीवनको आकार

धत, चोट नहुँदो हो त जीवनमा कसरी आउँदो हो ज्ञान ! मूल पलाउन पनि त बर्सात चाहिन्छ। थाहै छ ‘क–ख’ सिक्न कति गारो हुन्छ, त्यै भएर त गुरुले कहिले हात,कहिले लठी समाउनुहुन्छ।

सुरभिको १३२औँ आख्यान वाचन कार्यक्रम सम्पन्न

कार्यक्रममा सुशील आचार्य, रामकुमार पण्डित, रन्जु खनाल, रन्जना पराजुली, अच्युत घिमिरे, विश्व कुइकेल, युवराज मैनाली, कणाद महर्षि, रामचन्द्र खतिवडा, सुरेश सुवेदी, प्रमोद प्याकुरेल आदिले कथा, लघुकथा एवं सूत्रकथा सुनाएका थिए।

झटका

उसको कुरा बुझ्न मलाई कत्ति पनि बेर लागेन। त्यसबेला ऊ निकै जोशले बोल्दै थिई, ‘म काठमाडौं जाने तयारी गर्दै छु। काठमाडौंमा जस्तो रमाइलो यहाँ छैन। यसपालिको दशैं–तिहार काठमाडौंमै मनाउँछु।’

बालसाहित्यः हिजो र आज

पहिलेभन्दा लेखन र पुस्तक उत्पादनको गुणस्तर पनि बढेको हामी अभिभूत गर्न सक्छौं। बालसाहित्यमा देखापरेको विकासले गर्दा प्रतिभाशाली लेखकहरूलाई यस क्षेत्रमा आकर्षित गरेको छ र थप पुस्तकहरूको प्रकाशनलाई सम्भव बनाएको छ।

सपना

–हैन हामीबाट त्यस्तो हुँदैन। विश्वस्त हुनुस् बाबा। ‘जति कुरा गरे पनि बाबुआमाभन्दा धनमोहको कारण तिमीहरूलाई यहाँ कहिल्यै फुर्सद हुनेछैन। उहाँ जाने कुरा त सपना मात्र हो।’

भिसा

छोरीको चाहनामा भिसा छिटो लागोस् भन्दै मनकामना मन्दिर जाँदै थिए उनीहरू। दर्शनार्थीको लाइन लामो थियो। धेरैबेरपछि पालो आयो। मन्दिरभित्र छिरेपछि आमाछोरीसँगै उभिए, आँखा चिम्म गरे र मनमनै भाकल गर्न थाले। आमाले मनमनै भनिन्,‘हे परमेश्वरी, मेरी छोरीको अमेरिकाको भिसा नलागोस्।’

बन्धनको सिक्री चुँडाल्नुपर्ने बेला

फोरेर पहाड ठूला बाटो बनाउँदैछ, विकासको सट्टा विनाश भनी साध्य छैन।बन्धनको सिक्री चुँडाल्नुपर्ने बेलामा,कहाँ छ र खुला आकाश भनी साध्य छैन।

अचम्म

‘आइमाई भएर यत्रा फुर्ति?’ भन्दै कपाल समात्यो। मजाको झडप भयो। सबै जिल्ल परे। यसबेला भने उनले कड्किदै सोधिन्, ‘मेरो पसिनामा निर्भर तिमी, तिमी आइमाई कि म?’

बुबा

‘ए गधा!’ छोराको टेवलमा भातको थाल राख्दै बाउ कराए, ‘सानो र अशक्त हुँदासम्म हेर्ने हो छोराछोरीलाई। चराले पनि खोजी खाने भएपछि ठुंगेर खेद्छन् बचेरालाई। तँ तीनतिघ्रे भइसकिस्। मलाई हेर,नहेर या वृद्ध आश्रममा छोड दे, तेरो धर्म। अब त आफ्नै पसीना खा।’

जाबो हाकिम

पसलकी साहुनीले भनिछन्, ‘सधैं अण्डा किनेर लाने चित्रबहादुर पिउन साबलाई दिन त छैन अण्डा, तिमी जाबो हाकिमलाई।’

निहारिका र गोविन्दलाल सिं पुरस्कृत हुँदै

प्रतिष्ठानका सचिव प्रतिसरा सायमीद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति अनुसार विसं २०७८ सालको गंकी धुस्वाँ–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई र धुस्वाँ सायमी सिर्जना पुरस्कार कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरिएको छ।

सरकारी काममा संघर्षमय जीवन

तल्लो तहको जागिरमा केन्द्रीय तहमा रहँदा लेनदेनका कुरा त्यति साह्रो हुने रहेनछ, जब पुनः लोक सेवा परीक्षा पास गर्दै माथिल्लो तहमा वा अफिसर तहमा पुगियो तब जिम्मेवारी बढ्ने क्रममा लेनदेनको कुरा आउँदो रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्