२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

जाबो हाकिम

लघुकथा

वन्दना घिमिरे 

सुदूर पश्चिमाञ्चलको दुर्गममा सरुवा भयो महेश बाबुको कार्यालय प्रमुखमा।  नजाउ भने कति मिहिनेत गरेर पास गरेको लोकसेवा आयोग,  जाउ भने दुर्गम चामल समेत नपाइने ठाउँ। जहानपरिवार लिएर जाने परिस्थिति थिएन। दई वर्षमा काठमाडौं  सरुवा मिलिहाल्ला भनेर लागे उनी हाकिम बन्न।

सरकारी कार्यालय भएकाले हाकिम साबको क्वाटर  सुविधा सम्पन्न त थियो नै। कर्मचारीहरू पनि  सहयोगी नै थिए। समयको सदुपयोग गर्न बढुवाको  परीक्षा दिने विचार गरेर  आफूलाई आवश्यक  पर्ने सम्पूर्ण  किताब लिएर गएका थिए उनले। यस्तो  लाग्थ्यो  उनी जागिर खान होइन पढ्न घरबाट टाढा होस्टेल बसेका हुन्।

उनको कार्यालयमा सहयोगी थिए चित्रबहादुर। सम्पूर्ण  सामानको जोहो उनै चित्रबहादुरले गरिदिन्थे। चामल नपाउने ठाउँमा तरकारी  के पाउनु? चित्रबहादुरले सधैं आउँदा पाएको  केही तरकारी र अण्डा किनेर ल्याइदिन्थे। मुख्य तरकारी  नै अण्डा थियो हाकिम साबको।

एकपटक चित्रबहादुरलाई एक हप्ताका लागि  बाहिर जानु परेछ। उनी एक हप्ताको लागि सम्पूर्ण सामान जोहो गरिदिएर छुट्टी मागेर गएछन। तर, एकदुई दिन आउन ढिलो भएछ। सामान सबै सिध्दिन लागेकाले हाकिम साब आफै सामान किन्न गाउँमै गएछन। गाउँमा  गएर सोधखोज गरी सधैं सामान लाने गरेको पसलमा गएर म अण्डा लिन आएको हाकिम हुँ भनेर परिचय दिएछन्।

पसलकी साहुनीले भनिछन्, ‘सधैं अण्डा किनेर लाने चित्रबहादुर  पिउन साबलाई  दिन त छैन  अण्डा, तिमी  जाबो हाकिमलाई।’

प्रकाशित: १७ पुस २०७८ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App