७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

मेरो चिहान

छोटा कविता

कृष्णश्री राई

(१) आत्माको फूल 

प्रिय तन बागमा

हेर ! फुलेको।

(२ )उषाको घाम

भुइँभरि पोखिन्छ

टिप्नु छ धेरै।

(३) गहिरो निन्द्रा

रंगहीन सपना

टुँडाल दृश्य।

(४) निभेको मैन

तड्पिएको उज्यालो

एक सकस।

(५) काँचको ऐना

कैले ऊ कैले हामी

बिम्ब अनेक।

(६) मेरो चिहान

तिम्रो अस्थिपन्जर

अध्कल्चो प्रेम।

प्रकाशित: २० पुस २०७८ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App