२८ पुस २०८१ आइतबार
image/svg+xml

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ।नेपालले जापानलाई ६७ रनले हराएको हो।

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालले बनायो ११३ रन

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको हाे।

महिला टी–२० सिरिज :जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ।यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ।नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ।

चारदेशीय शृंखला इन्दुका लागि परीक्षा

अपर्याप्त तयारीबीच नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हङकङमा आयोजना हुने चारदेशीय ट्वान्टी-२० शृंखलामा होमिएको छ।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

भूकम्प प्रभावित उद्यमीलाई महासंघ अध्यक्ष ज्ञवालीको सहयोग

भूकम्प प्रभावित जिल्ला जाजरकोटका महिला उद्यमीहरुलाई महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले सहयोग गरेकी छन्।

चितवनमा जेसीज राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपाल प्रहरी शिक्षालय भरतपुरमा हुन लागेको प्रतियोगिता यही मंसिर पाँच गतेदेखि नौँ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

बक्सरको पुरस्कार निकासा

थाइल्यान्डको बैंककमा भएको एएसबिसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ३ सय शैयामा स्तरोन्नती

बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।

पर्सामा महिला उद्योगी व्यवसायी थपिंदै

पर्साको पोखरिया नगरपालिका–७ की सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैको चोकमा पसल चलाउँदै छिन्।

‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् ।

नेपालको सानदार सुरुआत

नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपको एसिया/ओसिएना क्षेत्रको ग्रुप थ्रीको छनोटमा बुधबार विजयी सुरुआत गरेको छ ।

नौवस्तामा सञ्चालनमा आयो बाल सुधार गृह

१८ वर्ष नाघेका युवायुवतीलाई लक्षित गरेर बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा ‘बाल सुधार गृह’ सञ्चालनमा ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्