१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

बक्सरको पुरस्कार निकासा

थाइल्यान्डको बैंककमा भएको एएसबिसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

खेलकुद विकास नियामवली– २०७९ मा व्यवस्था भएबमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए। पदकविजेता ४ खेलाडी र २ प्रशिक्षकको जम्मा १६ लाख ८० हजार रूपैयाँ निकासा भएको हो। गत जनवरीमा भएको प्रतियोगितामा नेपालले १ रजत र ३ कांस्य जितेको थियो। सुष्मा तामाङले नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन्।  

त्यस्तै हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए। सुष्माले ६ लाख तथा बाँकी ३ खेलाडीले समान ३–३ लाख नगद पुरस्कार पाउनेछन्। प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका पूर्वघोषित नगद पुरस्कार निकासा गरेको थियो। तीन प्रतियोगिताका लागि जम्मा १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भइसकेको छ।

प्रकाशित: २१ कार्तिक २०८० ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App