५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको सानदार सुरुआत

नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपको एसिया/ओसिएना क्षेत्रको ग्रुप थ्रीको छनोटमा बुधबार विजयी सुरुआत गरेको छ ।

बहराइनको ईशा टाउन टेनिस कोर्टमा जारी बिली जिन किङ कपमा टिम इभेन्टतर्फ नेपालले ताजिकिस्तानलाई ३–० ले हराउँदै सुखद सुरुआत गरेको हो । नेपाली खेलाडीले दुई सिंगल्स र एक डबल्समा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेको नेपाली टोलीसँग रहेका नेपाल टेनिस संघका सदस्य अजय विष्टले जानकारी दिएका हुन् ।  

पहिलो सिंगल्समा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् ।

दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले योसुमन सलिमोभालाई ६–० र ६–० कै सोझो सेटमा हराइन् । डबल्समा नेपालका सुनीरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले नै हरायो । यो स्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘सी’ मा नेपाल/ताजाकिस्तानसँगै बहराइन र कतार छन् । हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले बिहीबार आयोजक राष्ट्र बहराइनविरुद्ध खेल्नेछ ।

प्रकाशित: २ कार्तिक २०८० ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App